काठमाडौं । विश्वभर माहामारीकोरुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को प्रभाव नेपालमा पनि परेको छ । विश्वभर कोरोना भारसबाट मर्नेको संख्या तीन हजार नागिसकेको छ । करिब ९५ हजार मानिस यस भइरसबाट संक्रमित भएका छन् ।
विश्वव्यापीरुपमा कोरोना भाइरस आक्रामकरुपमा बढ्न थालेपछी नेपाल सरकारले सबैखाले सेमिनार, सभासमारोह र भेटघाट नगर्न÷नगराउन आग्रह गरेको छ । अत्याआवस्यकबाहेक वैदेशीक यात्रामा समेत नजान नागरिकलाई जानकारी गराएको छ । २४ गतेदेखि अनअराभल भिसासमेत रोक लगाउने तरारीमा सरकार रहेको छ । कोरोना भाइरसको आतंकको कारण देश भर रहेको पर्यटकीय क्षेत्र, पदयात्रा सुनसान रहेको छ । देशभर उच्च सतर्कता अपनाएको स्वास्थ मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएको छ कि छैन । कोरोना लागेको आशंका लागेको भरमा अस्पताल भर्ना भएका विरामीहरुको अवस्था कस्तो रहेको छ ? यसै विषयमा जानकारी दिन सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले व्यक्त गर्नुभएको विचारको सम्पादीत अंश :
टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको छ । कारोना लागेको आशंकामा अस्पताल भर्ना भएका २३ जनामध्ये अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि विरामी राम्रो भएर डिस्चार्ज भैसकेको छ । १८ जनामा नेगेटिभ देखियो । बाँकीको रिपोर्ट आउँदैछ ।
कोरोनाको लक्षण देखिए त्यहीअनुसार उपचार गर्ने व्यवस्था हामीले मिलाएका छौं । टेकु अस्पतालमा अहिले ४० बेड क्वारेन्टाईन बेड र ५ आईसोलेशन बेड बनाईएको । त्यस्तो लक्षण देखिएकाहरुलाई १४ दिन राखेर उपचार गर्ने व्यवस्था गरिएको छ ।
कोरोनाको संक्रमण ८० देखि ८२ प्रतिशत चाहीँ सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने भएकोले यसबाट मृत्यु हुने दर एक सयमा २ देखि ३ मात्रै रहेको छ । नेपालमा यो रोग कम्युनिटीमा स्थापित् भएको छैन । अहिलेसम्म त्यस्तो परिणाम नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन । कोरोना भाईरस लाग्नेबित्तिकै मान्छे मर्दैन् । अहिले मौसमी रुघाखोकीको समय भएकोले सजकता अपनाउन म सबैलाई आग्रह गर्छु । साबुन पानीले नियमित हात धुन र अनावश्यक भीडभाडमा नजान र मास्क लगाउनको लागि सबैमा आग्रह गर्दछु ।
यसको उपचार भनेको ज्वरोका लागि सिटामोल र रुघाखोकीको लागि त्यहीअनुसार औषधी दिने व्यवस्था मिलाएको छ । यद्यपी अहिले यो रोग लागेर कोही पनि अस्पताल भर्ना भएको छैन । यसअघि भर्ना भएका पनि सफल उपचारपछि घर फर्काईएको विभिन्न हल्लाको पछाडि नलाग्न म सबैलाई आग्रह गर्दछु ।
कोरोना भाइरसबाट अहिलेनै आँत्तिहाल्नुपर्ने वा डराउनुपर्ने अवस्था भने नरहेको विश्वास दिलाउन चाहन्छु । यसको मतलब नेपाल पूर्ण सुरक्षित छ भनेर बस्ने अवस्था छैन । नजिकिदै गरेको होलीमा सकभर ठूलो भीडमा गएर नखेल्नको लागि पनि अनुरोध गर्दछु । आईलोसशन वार्डको लागि टिम नै सक्रिय भएर काम गरिरहेका छौं । आजसम्मको अवस्था हेर्दा पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट आगामी १० देखि १५ दिनसम्मको लागि स्टक रहेको छ । कहिँ कतै त्यस्ता समस्या भेटिए, कोरोनाको संक्रमणरहेको लक्षण भेटिए तुरुन्त अस्पतालको सम्पर्कमा आउन सबैमा आग्रह गर्दछु ।
प्रतिकृया लेख्नुहोस्: