म्याग्दी । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ओमबहादुर पुन गाउँमा सडक पुगे पनि काम विशेषले सदरमुकाम बेनी आउन जान पैदलयात्रा गर्छन् । “हिउँदमा पानी र हिउँ नपरेका बेलामा मात्र गाडी चल्छ”, पुनले भने, “घुमाउरो बाटोमा गुडेरभन्दा सिधा छोटो बाटो हिँडेर छिटो पुगिन्छ ।”
सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर चार घण्टामै बेनी पुगिने पुनले बताए । सर्वसाधारण चिमखोला–दर्मिजा–दग्नामको घोरेटो र दग्नामदेखि बेनी जोड्ने सडक प्रयोग गरेर आवतजावत गर्छन् । दुर्गम क्षेत्रमा पर्ने चिमखोला र कुइनेमङ्गले सडक सञ्जालसँग जोडिएको नौ वर्ष भए पनि स्थानीयले सुविधा पाएका छैनन् । कच्ची सडक प्राविधिकरुपमा कमजोर, मर्मतको अभाव र पहिरोको समस्याका कारण उपयोगमा आउन नसकेको हो ।
विसं २०६७ मा बेगदेखि चिमखोला हुँदै कुइनेमङ्गलेको सिमानासम्म जोड्ने २८ किलोमिटर सडक निर्माण भएको थियो । सडकमा नियमित सवारी साधन सञ्चालन हुन सकेको छैन । चिमखोला र कुइनेमङ्गलेका बासिन्दा सदरमुकाम बेनी आउन जान भिरपहरा, जङ्गल र खोल्साखाल्सी भएको पैदलमार्गमा हिँड्नुपर्ने बाध्यता रहेको कुइनेमङ्गलेका वडा अध्यक्ष गमान छन्त्यालले बताए ।
“गाडी चल्ने सपना जस्तै भयो”, उनले भने, “ट्र्याक्टर चल्न पनि राम्रो मौसम कुर्नुपर्छ ।” गलेश्वरदेखि पिप्ले भगवती हुँदै बेगसम्म पुगेको सडक विस्तार गरेर चिमखोला पु¥याउन तत्कालीन गाविस, जिविस र स्थानीय बासिन्दा तथा विदेशमा रहेकाले रु ६० लाख लगानी गरेका थिए । हाल उक्त सडकमा हिउँदमा मात्र मुस्किलले ट्र्याक्टर चल्ने चिमखोलाका गम पुनले बताउनुभयो । सामान ढुवानी गर्न ट्याक्टर रिजर्भ गर्नुपर्छ । बेनीदेखि चिमखोला रिजर्भमा ट्याक्टरबाट ढुवानी गर्दा रु २० हजार भाडा लाग्ने व्यवसायी सञ्जय कुँवरले बताए ।
ट्र्याक्टर चालक जगत दर्जीले तीन हजार मिटर उचाइमा हिउँ छिचोलेर चिमखोला पुग्ने र फर्किने सडक जोखिमपूर्ण भएको बताए । “एक्लै जान सकिँदैन । दुई तीन वटा ट्र्याक्टरसँगै लैजान्छौँ”, उनले भने, “बाटोमा फस्यो भने अर्को ट्र्याक्टरले तानेर निकाल्छौँ ।”
बिरामी पर्दा र अन्य कामले सदरमुकाम जान आउनका लागि पैदलयात्रा गर्नुपर्ने बाध्यता कायमै रहेको कुइनेमङ्गलेका शिक्षक देउमान घर्तीले बताए। चिमखोला र कुइनेमङ्गलेमा ५०० भन्दा बढी घरधुरीको बसोबास छ ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पुरानो सडक असफल भएकाले दग्नाम–दर्मीजा–चिमखोला सडक निर्माणमा प्राथमिकता दिएको बताए । गाउँपालिका र सडक डिभिजन कार्यालयले चिमखोलादेखि दर्मिजा नजिकैको भिरसम्म दुई किलोमिटर सडक खनिसकेका छन् । मौवाफाटदेखि दग्मामस्थित अजिङ्गर भिरसम्म पुगेको सडक विस्तार गर्न यो वर्ष रु दुई करोड ५० लाख विनियोजन भएको छ ।
सडक डिभिजनले विनियोजन गरेको एक करोड बजेटको ठेक्का लागिसकेको सांसद थममाया थापाले बाउनुभयो । गण्डकी प्रदेश सरकारले रु ७५ लाख, निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रमबाट रु ५० लाख र गाउँपालिकाले रु ३० लाख विनियोजन गरेका छन् । पाँच किलोमिटर समान्य बाटो खोलेपछि सडक जोडिने स्थानीयको भनाइ छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: