Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

काठमाडौंमा एलपी ग्यास अभाव: आपूर्ति पर्याप्त, कृत्रिम हल्ला र भ्रम मात्र

खबरडबली संवाददाता

काठमाडौँ। काठमाडौं उपत्यकामा विगत केही दिनदेखि खाना पकाउने एलपी ग्यासको अभाव बढ्दा उपभोक्ताहरू खाली सिलिन्डर लिएर पसल–पसल भौँतारिन बाध्य भएका छन्। तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको दाबी गरेका छन्।

मन्त्री अनिलकुमार सिन्हा अनुसार, केही सप्लायरले निर्धारित कोटाभन्दा कम ग्यास उठाउँदा बजारमा अभाव जस्तो देखिएको हो। काठमाडौंमा ५० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने नेपाल ग्यासले आपूर्तिमा कमी ल्याएपछि साना विक्रेताले पनि होर्डिङ गर्ने प्रवृत्ति देखाएको मन्त्रीले बताए। मन्त्रालयले उद्योग र खुद्रा विक्रेताबाट स्पष्टीकरण समेत सोधिसकेको छ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका निवर्तमान अध्यक्ष शिव घिमिरे भने उपभोक्तालाई पर्याप्त ग्यास पुग्न अझै दुई हप्ता समय लाग्ने बताए। निगम प्रवक्ता मनोजकुमार ठाकुर ले भने, नोभेम्बर २०२५ देखि जनवरी २०२६ सम्म आयात र बिक्री सामान्य रहे पनि उपभोक्ताले घरमै अतिरिक्त सिलिन्डर राखेपछि बजारमा चाप परेको तथ्य प्रस्तुत गरे।

वाणिज्य विभागका निर्देशक नरहरि तिवारी ले अनुगमनमा ग्यास अभाव नभएको तर हल्ला र उपभोक्ताको अत्यधिक मागले समस्या देखिएको बताएका छन्। आसन्न निर्वाचनका कारण इन्धनको माग बढ्ने र केही व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरेको सन्देह पनि यसैसँग जोडिएको छ।

सरकारी निकायहरूले उपभोक्तालाई आश्वासन दिएका छन् कि भोलि साँझसम्म ग्यास आपूर्ति सामान्य अवस्थामा आउनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुप्रा खोलाबाट सिंहदरबारसम्म: गिटी कुट्दै हुर्काएकी छोरी मन्त्री बन्दा आमाबुवाको आशा

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...

युवाको उदय : सत्तामा पुस्तान्तरणको ऐतिहासिक क्षण

काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग, ‘प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending