Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

मेची–काली चुनावी मैदान तात्दै: तीव्र राजनीतिक भिडन्त सुरु

पुराना नेता, नयाँ स्टार र परिवारिक प्रतिष्पर्धा

खबरडबली संवाददाता

काठमाडौं। फागुन २१ का लागि प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा देशभर राजनीतिक प्रतिस्पर्धा जोरोमा छ। १६५ निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले, रास्वपा र राप्रपा सबैजसो क्षेत्रमै उम्मेदवारी दिइसकेका छन्। यसपटकको चुनावमा दलहरू एक्लै मैदानमा ओर्लिएका छन्, जसले वास्तविक शक्ति परीक्षण हुने देखिन्छ।

देशका केही मुख्य निर्वाचन क्षेत्रमा पुराना राजनीतिक परिवार, अनुभवि नेता र सामाजिक सञ्जालबाट उदाएका नयाँ पात्रहरू आमनेसामने भएका छन्। मतदाता असन्तुष्टि, नयाँ राजनीतिक आकांक्षा र पुराना नेताको अनुभव मिलेर यस चुनावलाई पेचिलो र अप्रत्याशित बनाएको छ।

झापा ५: चुनावको इपिसेन्टर
सबैभन्दा चर्चित भिडन्त झापा ५ मा छ। यहाँ एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह आमनेसामने छन्। काठमाडौं महानगरमा उदाएका बालेनले झापामा ओलीसँग प्रत्यक्ष चुनौती दिएका छन्। ओलीको निरन्तर चुनावी इतिहास र बालेनको सामाजिक सञ्जाल प्रभावबीचको टकरावले यो क्षेत्रलाई देशभरको मतदाता र सञ्चार माध्यमको केन्द्रविन्दु बनाएको छ।

चितवन ३: महिला नेतृत्वको भिडन्त
चितवन ३ मा दुई महिला हेभिवेट रेणु दाहाल (नेकपा) र सोविता गौतम (रास्वपा) बीचको भिडन्त छ। दाहालको स्थानीय लोकप्रियता र प्रशासनिक अनुभव, र गौतमको कानूनी ज्ञान र सामाजिक सञ्जाल प्रभावले क्षेत्रलाई निकै रोचक बनाएको छ। यहाँ कांग्रेसले टेकप्रसाद गुरुङलाई उम्मेदवार बनाएको भए पनि मुख्य प्रतिस्पर्धा दाहाल र गौतमबीच हुने देखिन्छ।

झापा २: सभामुख विरुद्ध उपसभामुख
झापा २ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा राना मगर आमनेसामने छन्। घिमिरेले अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेका थिए भने मगर समानुपातिक सांसद बनेकी थिइन्। अब उनी प्रत्यक्ष चुनावमै भिड्ने भएकाले राजनीतिमा अनुभव र लोकप्रियताको टकराव देखिनसक्छ।

सर्लाही ४: गगन विरुद्ध अमरेश
सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा र रास्वपा अमरेशकुमार सिंह बीचको प्रतिस्पर्धा छ। गगनले काठमाडौं क्षेत्र छाडेर सर्लाही रोजेका छन् भने अमरेशले अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए। यहाँ पुराना अनुभव र नयाँ प्रतिस्पर्धीको टकराव निर्णायक भूमिका खेल्नेछ।

काठमाडौं ५: ईश्वर–प्रदीप–सस्मित त्रिकोण
काठमाडौं ५ मा एमाले ईश्वर पोखरेल, कांग्रेस प्रदीप पौडेल, र रास्वपा सस्मित पोखरेल आमनेसामने छन्। गत निर्वाचनमा पौडेल विजयी भएका थिए, तर यस पटक प्रतिस्पर्धा अझ पेचिलो बनेको छ।

डोल्पा: दाजुभाइबीचको भिडन्त
डोल्पामा एकै घरका दाजुभाइ धनबहादुर बुढा (नेकपा) र कर्ण बुढा (कांग्रेस) चुनावी मैदानमा छन्। धनबहादुर लगातार तीन पटक विजयी भइसकेका छन्, तर कर्णको उम्मेदवारीले राजनीतिक परिदृश्यलाई नयाँ आयाम दिएको छ।

भक्तपुर २: बस्नेतविरुद्ध सापकाेटा र खत्री
भक्तपुर २ मा एमाले सचिव महेश बस्नेतविरुद्व नेकपाका रामप्साद सापकाेटा र रास्वपा राजीव खत्री बीच प्रतिस्पर्धा भइरहेको छ। यहाँ बस्नेत र खत्रीबीच  सामाजिक सञ्जालमा भयंकर वाकयुद्ध चलेको छ ।  बस्नेत र खत्रीबीच वाक युद्व चलीरहेकाे बेला नेकपाका सापकाेटा भने मतदाता र कार्यकर्तामाझ गइरहेका छन् । भक्तपुर २ मा बढी उपत्यकाबाहीरबाट बसाइँ आएका मतदाताहरु भएका कारण पनि याे पटक सापकाेटाकाे संम्भावना बढ्ने देखीएकाे छ  मतपत्रमा यसको वास्तविक प्रभाव आउन बाँकी छ।

काठमाडौ १: पूर्वसहयोद्धा आमनेसामने
काठमाडौं १ मा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र रास्वपा रञ्जु दर्शना आमनेसामने छन्। विवेकशील साझा पार्टीमा सहकार्य गरेका यी नेता अहिले अलग–अलग पार्टीबाट भिडिरहेका छन्।

गुल्मी १: बौद्धिक नेतृत्वको टकराव
गुल्मी १ मा एमाले प्रदीप ज्ञवाली र कांग्रेस चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ। यस पटक रास्वपाबाट सागर ढकाल पनि मैदानमा आएका छन्। ढकालको गत निर्वाचनमा डडेलधुरामा कांग्रेसका पूर्वसभापति विरुद्धको अनुभवले उनलाई चर्चित बनाएको थियो।

सुनसरी १: मेयर विरुद्ध वडाध्यक्ष
सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र नेकपाबाट सूर्यबहादुर भट्टराई (मनोज) बीच टक्कर भइरहेको छ। उनीहरू दुवै संघीय चुनावमा पालिकाबाट राजीनामा दिएका हुन्।

सप्तरी २: मुख्यमन्त्री विरुद्ध पूर्वमुख्यमन्त्री
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत र पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह आमनेसामने छन्। सिंहलाई राउतले पहिले मुख्यमन्त्री बनाएका थिए, अब उनीहरू प्रत्यक्ष चुनावी भिडन्तमा छन्।

यस निर्वाचनमा पुराना दाबी, नयाँ स्टार, सामाजिक सञ्जाल प्रभाव र स्थानीय लोकप्रियताको मिश्रणले मतदाता निर्णयमा निर्णायक भूमिका खेल्नेछ। झापा ५ देखि डोल्पासम्मको मैदानले देशभर राजनीतिक तापक्रमलाई उच्च राख्ने छ, र परिणामले आगामी राजनीतिक दिशामा ठूलो प्रभाव पार्ने अनुमान छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुप्रा खोलाबाट सिंहदरबारसम्म: गिटी कुट्दै हुर्काएकी छोरी मन्त्री बन्दा आमाबुवाको आशा

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...

युवाको उदय : सत्तामा पुस्तान्तरणको ऐतिहासिक क्षण

काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग, ‘प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending