काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विरासत जोगाउने दाउ खेलेको छ । नेकपाले सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा र सिन्धुपाल्चोक–२ बाट युवराज दुलाललाई उम्मेदवार बनाएको छ।
सिन्धुपाल्चोक–१ भने २०६४ देखि लगातार माओवादीको ‘जग’ रहेकाले सापकोटा विरासत जोगाउन दबाबमा छन्। अघिल्लो निर्वाचनमा माधवले कांग्रेसको समर्थनमा ३० हजार ४०८ मत ल्याएर विजयी भएका थिए। यसपालि एमाले, कांग्रेस, रास्वपा र राप्रपा समेत मैदानमा उत्रेका छन्, जसले प्रतिस्पर्धा कडा हुने संकेत गरेको छ।
सिन्धुपाल्चोक–२ बाट पहिलो पटक संघीय प्रतिनिधिसभा चुनाव लड्ने युवराज दुलाल १८ वर्षअघिको माओवादी विरासत फिर्ता ल्याउने दाउमा छन् । उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा आएका हुन्। यस क्षेत्रका प्रमुख प्रतिस्पर्धीमा एमालेका शेरबहादुर तामाङ, कांग्रेसका वंशलाल तामाङ, रास्वपा र राप्रपाका उम्मेदवार रहेका छन्।
स्थानीय तहको विगतको नतिजाले पनि क्षेत्रको राजनीतिक विभाजन स्पष्ट पार्दछ ।सिन्धुपाल्चोकमा कांग्रेस, एमाले र माओवादीबीच मतको बलियो प्रतिस्पर्धा भइरहे पनि माओवादीले आफ्नो विरासत र प्रभाव कायम राख्दै आएको छ।
सिन्धुपाल्चोकको दुईवटै क्षेत्र क्लिन स्विप गरेर पुरानो शक्ति र विरासत जोगाउने यस निर्वाचनमा नेकपाको रणनीति स्पष्ट रहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...
आषाढ़ १८ गते, २०८३ - ०८:१८
चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...
आषाढ़ १८ गते, २०८३ - ०८:००
काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...



प्रतिकृया लेख्नुहोस्: