एटमोर । अमेरिकाको अलाबामा राज्यमा सन् २००४ मा तीन जना प्रहरी अधिकृतको हत्यामा सहयोगीको भूमिका निर्वाह गरेका एक व्यक्तिलाई बिहीबार साँझ मृत्युदण्ड दिइएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार एटमोर कारागारमा थुनामा रहेका अभियुक्त ४३ वर्षीय नाथानिल उड्सलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । मानव अधिकार समूहहरुले नाथानिल स्वयमले प्रहरी अधिकृतको हत्या नगरेका कारण मृत्युदण्ड दिइनु अन्यायपूर्ण भएको अन्तिमसम्म जिकिर गरेका थिए ।
अलाबामा राज्यमा यस वर्ष नाथानिललाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।
अलाबामा राज्यका सरकारी वकीलहरुले प्रहरी अधिकृतहरुको हत्यामा नाथानिल सक्रियतापूर्वक सहभागी भएको बताएका थिए । अमेरिकी सर्वोच्च अदालतले अन्तिम पटक नाथानिलको अपिललाई स्वीकार गरे पनि मृत्युदण्डको सजाय हुनबाट रोक्न सकेन । अलाबामाका गभर्नर के आइभीले पनि माफी दिन अस्वीकार गर्नु भएको थियो ।
उड्स र अर्का व्यक्ति केरी स्पेन्सरमाथि व्यक्ति हत्याको आरोप लागेको थियो । उनीहरु दुबैलाई मृत्युदण्ड दिने गरी अदालतबाट फैसला भइसकेको छ । यी दुई व्यक्तिले सन् २००४ मा बर्मिङघाममा खटिएका तीन जना प्रहरी अधिकृतको गोली हानी हत्या गरेका थिए । लागूपदार्थ लुकाएको आशंकामा एक घरमा छापा मार्नेक्रममा प्रहरी अधिकृतहरु कार्लोस ओवेन, हार्ले चिसोल्म र चाल्र्स बेनेटको हत्या भएको थियो ।
सरकारी वकिलहरुले स्पेन्सरले प्रहरी अधिकृतहरुमाथि गोली चलाएको बताएका छन् । यस घटनामा नाथानिलले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
हत्याका मुख्य आरोपी स्पेन्सरले उड्स शतप्रतिशत निर्दोश रहेको बताएका छन् । स्पेन्सरलाई पनि मृत्युदण्डको सजाय भइसकेको छ, तर मृत्युदण्डको मिति तोकिएको छैन ।एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: