Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

खबरडबली संवाददाता

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएको छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले छिमेकी मुलुकसँगको सीमा मामिला र विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका सम्बन्धमा सरकारको धारणा स्पष्ट पारेको हो ।

मन्त्री खनालका अनुसार नेपाल र भारतबिचको सीमा क्षेत्रमा सीमा स्तम्भहरूको पुनर्निर्माण र दसगजा क्षेत्रको अतिक्रमणको लगत सङ्कलन कार्य अहिले सक्रिय रूपमा अगाडि बढिरहेको छ । लामो समयदेखि अवरुद्ध यो प्रक्रिया सुचारु भई दुवै देशका प्राविधिक टोलीहरूले फिल्डमा काम गरिरहेको उनले जानकारी दिए।

चीनतर्फको सीमाका सन्दर्भमा मन्त्री खनालले उत्तरी नाकामा हाल भारततर्फ जस्तो धेरै सक्रिय गतिविधि नभए पनि केही सीमित ठाउँमा रहेका विवाद समाधानका लागि र आवश्यक पर्दा खर्च गर्न मिल्ने गरी ‘प्लेसहोल्डर’ बजेट राखिएको स्पष्ट पारे। सुस्ता क्षेत्रमा तटबन्ध निर्माणको काम पनि भारतीय पक्षसँगको समन्वयमा अगाडि बढ्ने उनले बताए।

श्रमिक सुरक्षा र १५ करोडको विशेष कोष

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका नेपालीको शव ल्याउने विषयमा संसद्मा उठेको चासोप्रति सम्बोधन गर्दै मन्त्री खनालले श्रम स्वीकृति नलिई गएका व्यक्तिको हकमा सरकारसँग विशेष कोष नहुँदा समस्या पर्ने गरेको स्वीकार गरे। यस समस्यालाई सम्बोधन गर्न आगामी आर्थिक वर्षको बजेटमा परराष्ट्र मन्त्रालयमार्फत १५ करोड रुपैयाँको विशेष आपत्कालीन कोष प्रस्ताव गरिएको उहाँले जानकारी दिए।

महिला कामदारको तथ्याङ्कबारे बोल्दै मन्त्री खनालले भिजिट भिसा र अवैधानिक बाटोबाट वैदेशिक रोजगारीमा जाने प्रवृत्तिको कारण वास्तविक तथ्याङ्क सङ्कलनमा चुनौती रहेको बताए। उनले आम नागरिकलाई श्रम स्वीकृति लिएर मात्र विदेश जान र जनप्रतिनिधिहरूलाई यस विषयमा सचेतना फैलाउन अपिल समेत गरे।

सरकारले आर्थिक कूटनीतिलाई परिणाममुखी बनाउन यस वर्ष स्पष्ट कार्ययोजना बनाएको मन्त्री खनालले दाबी गरे। उनका अनुसार परराष्ट्र मन्त्रालयले अहिले कन्ट्री स्पेसिफिक स्ट्र्याटेजीमा काम गरिरहेको छ । आगामी आर्थिक वर्षदेखि वैदेशिक लगानी, अनुदान र ऋण परिचालनको लक्ष्य निर्धारण गरी त्यसको प्रगति ट्रयाकिङ गर्ने कार्ययोजना रहेको उहाँले बताए।

इरान र युक्रेनमा रहेका नेपालीको अवस्थाबारे जानकारी दिँदै मन्त्री खनालले इरानमा अनुसन्धानका लागि नियन्त्रणमा रहेका अमृत झा र युक्रेनमा युद्धबन्दीका रूपमा रहेका ९ जना नेपालीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताए। युक्रेनको मामिला संवेदनशील रहेको उल्लेख गर्दै उनले रेडक्रसको पहुँच सुनिश्चित गरिएको जानकारी दिए।

यस्तै, नेपालको परराष्ट्र नीति संविधानद्वारा निर्देशित रहेको र सरकारले त्यसै अनुरूप काम गरिरहेको उहाँले स्पष्ट पारे। सगरमाथा संवाद सन् २०२७ को मे महिनामा आयोजना गर्ने तयारी सुरु भएको छ ।

८ अर्ब ७३ करोड बजेट स्वीकृत

मन्त्री खनालले आगामी आर्थिक वर्षका लागि मन्त्रालय र अन्तर्गतका निकायका लागि कुल ८ अर्ब ७३ करोड बजेट स्वीकृत भएको जानकारी दिए। उनले विनियोजित बजेटको अधिकतम उपयोग गर्दै सरकारको नीति तथा कार्यक्रम अन्तर्गत परराष्ट्र मन्त्रालयलाई तोकिएका काम मितव्ययी र प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

नयाँ सरकार गठन भएपछि आफ्नो भारत र चीन भ्रमणका साथै समकक्षीहरूसँगको टेलिफोन वार्ता र अन्य कूटनीतिक गतिविधिबाट राष्ट्रिय हित प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगेको मन्त्री खनालको दाबी थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहाको बालकको मृत्युपछि भगवानपुर तनावग्रस्त, स्वास्थ्य केन्द्रमा तोडफोड र हुलाकी सडक अवरुद्ध

सिरहा। सर्पदंशबाट एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। उपचारमा ढिलाइ भएको तथा समयमै एम्बुलेन्स उपलब्ध...

मकवानपुरमा भिरबाट लडेर ४५ वर्षीय थिङको मृत्यु

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रस...

सांसदका स्वकीय सचिव नियुक्तिको निर्णयविरुद्ध जेनजी नागरिक अभियानको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...

स्वास्थ्य अवस्था जटिल बनेपछि डा केसी सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना

धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...

सडक सुरक्षा चुनौती बन्दै, नवलपरासीमा बढ्यो दुर्घटना

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...

रास्वपा बागलुङको जिल्ला अधिवेशन साउन १६ गते हुने

बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending