Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

प्रेस सङ्गठनको जिल्ला भेला सम्पन्न

प्यूठान । प्रेस सङ्गठन नेपाल जिल्ला कमिटी प्यूठानको प्रथम जिल्ला भेला आज सम्पन्न भएको छ । बिजुवार जुम्रीमा भएको भेलामा जिल्ला कमिटीका सदस्यले शपथग्रहणसमेत गरेका थिए ।

कार्यक्रमका वक्ताले प्रेस सङ्गठनका सदस्यले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल बनाउन कलम चलाउनुपर्ने बताएका थिए । सङ्घीय संरचनाअनुसार अहिले बनेका संरचनालाई दिगो र बलियो बनाउनसमेत पत्रकारको भूमिका महत्वपूर्ण हुने वक्ताको भनाइ छ । समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन अहिले प्रेसले भूमिका खेल्नुपर्ने बोल्ने वक्ताले बताए ।

कार्यक्रममा प्रेस सङ्गठन नेपालका सहसंयोजक गणेश बस्नेतले प्रेस सङ्गठन नेपालका सबै सदस्य तीनै तहका सरकारको गतिविधिलाई जनतामाझ पु¥याउन आग्रह गरे । उहाँले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले गरेका राम्रा कामलाई ओझेलमा पार्ने गरिएको भन्दै त्यसतर्फ चनाखो बन्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन जिम्मेवार भएर लाग्न अनुरोध गरे । “पत्रकारको काम सरकारको विरोध गर्नेमात्र होइन”, नेता शर्माले भने, “तपाईहरुको भूमिका बदलिनुपर्छ, सरकारका सकारात्मक कामका समाचार पनि लेख्न सकिन्छ ।” प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य बलराम थापाले सङ्गठनलाई चुस्त दुरुस्त बनाउँदै अगाडि बढ्न सुझाव दिए ।

गोपालदास स्मृति पुरस्कार सेनलाई

कार्यक्रममा गोपालदास स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिर्जना सेनलाई प्रदान गरिएको छ । नगद रु १० हजार राशिको उक्त पुरस्कार रेडियो कृपालुमा कार्यरत पत्रकार सेनलाई प्रदान गरिएको हो । मल्लरानी गाउँपालिका–४ खलङ्गा निवासी पशुपतिनारायण नकर्मीले आफ्ना स्व बुबा गोपालदास नकर्मीको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् । रु ३० हजारको अक्षयकोषको पुरस्कारलाई संरक्षक नकर्मीले रु २० हजार थप गरी रु ५० हजार बराबरको बनाएका थिए ।

प्रेस सङ्गठन नेपाल जिल्ला कमिटीनका संयोजक नोमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपति, प्रेस सङ्गठन नेपालका प्रदेश कमिटी इञ्चार्ज मनोज घर्तीमगर, संयोजक सविन प्रियासन, सहसंयोजक मानसिंह विक, केन्द्रीय सदस्य गिरुप्रसाद भण्डारीलगायतको उपस्थिति थियाे ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending