Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

महले मालामाल

चितवन । चेपाङ गाउँमा जन्मिएर डाँडापाखामा घाँस काट्ने, बाख्रा चराउँदै बाल्यकाल बिताएका एक चेपाङ युवक अहिले मह व्यापारी बनेका छन्।

आजको नागरिक दैनिकमा खबर छ - घरबाट स्कुल जाने भनेर हिँड्ने अनि दिनभर चिउरीको बोटमा बसेर समय कटाउने ती युवकलाई त्यही चिउरीको फूल चुसेर मौरीले तयार पारेको महले मालामाल बनाइदिएको छ। करिब अढाईदशकको आरोहअवरोहपछि ती युवक सफल व्यवसायी र उद्यमशील बनका हुन्।

२०५२ सालतिर लोथर खोलापारि मकवानपुरको सिलिङे डाँडाबाट दिनेश प्रजा पाँचवटा कुचो बोकेर बिक्रीका लागि लोथर बजार झर्थे। ११ वर्षको उमेरमा काँधमा कुचो बोकेर बजार झर्नुको उनको उद्देश्य हुन्थ्यो– लोथरको पुलपारिबाट हुइँकिएर आउने गाडीलाई नजिकैबाट हेर्नु।

गाडी पर पुग्दासम्म आँखा झिमिक्क नगरी हेर्थे उनी। पछाडिबाट आएको अर्को गाडीको आवाजले तर्सेर भाग्थे पनि। उनले जीवनमा पहिलोपटक गाडी देखेपछिको २४ वर्षमा लोथर खोलामा निकै पानी बगिसक्यो।

अहिले दिनेशसँग पल्सर बाइक छ। एउटा बोलेरो जिप र ट्रयाक्टर पनि छ। पल्सरमा उनी हुइँकिन्छन्। जिप र ट्रयाक्टरमा मह ओसार्छन्। उनले महको संगत गर्न थालेको १३ वर्ष भयो। राक्सिराङ गाउँपालिका–६ मा रहेको जनचेतना साना किसान कृषि सहकारी संस्था लिमिटेडको साथ पाएर उनी महको संगतमा पुगेका हुन्।

सुरुमा गाउँगाउँमा गएर मह संकलन गर्ने उनले अहिले सहकारीको मह प्रशोधन केन्द्र र बिक्री केन्द्रमा काम गर्छन्। मह प्रशोधन केन्द्र चितवनको राप्ती नगरपालिका–१ लोथरमा उनी आफैंले स्थापना गरेका हुन्।

नुनसँग साटिन्थ्यो मह
मकवानपुरको काँकडा र राक्सिराङ अनि चितवनको कोराक र लोथरमा चेपाङ समुदायले परम्परागत मौरीघारमा सेरेना जातको मौरी पाल्थे। अहिले उनीहरुले मेलिफेरा जातको मौरी आधुनिक घारमा पाल्न थालेका छन्। दिनेश २०६३ सालमा सहकारीका लागि मह संकलन गर्न गाउँगाउँ पुग्थे।

‘लोथर बजार झरेर नुन र तेलसँग मह साट्ने उनले त्यसपछि पैसासँग साट्न थाले’, विगत सम्झँदै उनी भन्छन्, ‘सहकारीले किसानसँग एक सय ४० रुपैयाँ किलोमा मह किनेर हल्का प्रशोधनपछि एक सय ८० रुपैयाँ किलोमा बिक्री गथ्र्यो। नुन र तेल दिएर अर्गानिक मह किन्न पल्केका केही व्यापारीले मलाई लखेट्नेसम्म काम गरे तर म आत्तिइनँ।’

महको कारोबारमा लागेको एक वर्षपछि चेपाङले लोथर बजारमै ल्याएर सहकारीको मह संकलन केन्द्रमा बिक्री गर्न थाले। गाउँबाट चाकासहितको मह आउँथ्यो। त्यसलाई ठूलो भाँडोमा राखेर चाका हटाएर सहकारीले मह बिक्री गथ्र्यो। यस्तैमा २०६४ सालमा सहकारीको चारदिने भ्रमणमा उनी पनि सहभागी भएर काठमाडौं पुगे।

काठमाडौंमा रहेको हिमालयन हनीले वार्षिक एक टन मह खरिद गरिदिने आश्वासन दियो। संकलित मह बिक्री गर्न समस्या नुहने भयो तर मह खरिद गर्न रकम कसरी जुटाउने ? उनका सामु समस्या खडा भयो।

यसरी गरे पैसाको जोहो
काठमाडौंबाट फर्केपछि सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) को आर्थिक सहयोग १० हजार, सहकारीको पाँच हजार र उनले व्यक्तिगत एक हजार रुपैयाँ जम्मा गरेर मह किन्ने पैसाको जोहो गरे। नुनसँग साटिने महले सुनकै भाउ पाउन थालेपछि मह संकलन केन्द्रमा दिनहुँ मह बेच्न आउने चेपाङहरूको लर्को लाग्न थाल्यो।

पैसा नपुगेपछि सिसिडिएनले ५० हजार रुपैयाँ घुम्तीकोषका नाममा उपलब्ध गरायो। त्यो रकमले त्यस वर्ष तीन टन मह संकलन भयो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE