एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ । प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाई छ ।
प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित रहनु भएको छ । सुडानको सरकारी टेलिभिजनले कार्यालयतर्फ जाँदा बाटोमा बम विष्फोटन गराइएको जनाएको छ । तत्कालै सुरक्षाकर्मीले उहाँलाई “सुरक्षित स्थलमा” लगेका थिए ।
उक्त आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन ।अनलाइनमा पोष्ट गरिएको फुटेजमा प्रधानमन्त्री हामडोक चढ्नु भएको सवारी साधन सहित दुईवटा सेता, जापानी सवारीसाधन सडकको किनारामा देखिएका थिए जसका झ्यालका शिशाहरु फुटेका थिए । विस्फोटमा अर्को एउटा गाडी नराम्ररी क्षतिग्रस्त भएको थियो ।
प्रजातन्त्र समर्थकको चर्को दबाबबीच गत अगष्टमा हामडोक सुडानको प्रधानमन्त्री बन्नु भएको थियो । जनप्रदर्शन व्यापक बन्दै गएपछि सुडानको सेनाले गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्यूत गरी सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।
महिनौंको छलफलपछि सेना र प्रजातन्त्रवादी आन्दोलनबीच गत अगस्टमा सत्ता–साझेदारी गर्नेगरी सम्झौता भएको थियो । सम्झौता अन्तर्गत ११ सदस्यीय संयुक्त सैन्य–नागरिक सार्वभौम परिषद स्थापना गरिएको थियो ।
यस परिषदले सुडानमा आगामी तीन वर्ष शासन सञ्चालन गर्ने र प्रधानमन्त्रीमा नागरिक प्रतिनिधिका रुपमा हामडोकलाई नियुक्त गर्ने सहमति भएको थियो । तर सैन्य जनरलहरू देशको शासनसत्ता नागरिक नेतृत्वको प्रशासनलाई हस्तान्तरण गर्न त्यति इच्छुक देखिएका छैनन ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: