काठमाडौं । सत्तारुढ नेकपा निकटको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले कोरोना भाइरसको वास्तविकताभन्दा मनोवैज्ञानिक त्रास बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार एक कार्यक्रमका बीच सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कोरोनाको वास्तविकताबारे जनतालाई स्पष्ट पार्न माग गर्दै युवा संघले ध्यानाकर्षण पत्र बुझाएको हो ।
युवा संघले सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यमहरुमा यथार्थभन्दा अड्कलबाजीका सूचनाहरु सम्प्रेषण भईरहेको भन्दै सबै सञ्चारमाध्यममा आधिकारिक सूचना जारी गर्न पनि सरकारसँग माग गरेको छ ।
‘कोरोना भाइरसको वास्तविकताभन्दा मनोवैज्ञानिक त्रास सबैभन्दा ठूलो संक्रमण हो’ मन्त्री ढकाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यमहरुमा यथार्थभन्दा अड्कलबाजीका सूचनाहरु सम्प्रेषण भईरहेको सन्दर्भमा सरकारले तत्कालै सबै सञ्चार माध्यममा आधिकारिक सूचना जारी गर्ने र यसको संक्रमणबाट जोगिने, संक्रमित भइहालेमा आवश्यक उपचार गर्ने र अन्यमा फैलन नदिने विधिबारे प्रचारप्रसार गर्न व्यवस्थित कदम चाल्नुपर्छ ।’
कोरोना भाइरस भइहालेमा पनि मृत्युदर एकदमै कम रहेको भन्दै उपचार हुने कुरामा जनतालाई विश्वस्त बनाउन युवा संघले सरकारसँग माग गरेको छ । युवा संघले समाचारकै कारण मानिसहरुमा आतंकित हुने अवस्था आएको भन्दै सञ्चारमाध्यममार्फत विज्ञहरुद्धारा प्रभावकारी परामर्श दिने व्यवस्था गर्न पनि माग गरेको छ ।
युवा संघद्वारा बुझाइएको ८ बुँदे ध्यानाकर्षण पत्रमा एयरपोर्ट र सीमा नाकाहरुमा चेकजाँचको प्रभावकारी व्यवस्था गर्न र नेपाल आउने जोकोहीलाई पनि क्वारेन्टाइमा राख्न माग गरिएको छ । बिरामीलाई उपचार गराउँदा आवश्यक पर्ने आधारभूत सामाग्रीको अभाव बारे पनि युवा संघले सरकारको ध्यानाकर्षण गरेको छ ।
ध्यानकर्षण पत्र बुझ्दै स्वास्थ्य मन्त्री ढकालले गलत प्रचार रोक्न सरकारले उचित कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे । उनले कोरोना रोग नै लाग्न नदिन सरकारले आवश्यक कदम चालिरहेको हुनाले ढुक्क हुन आग्रह गरे । कार्यक्रममा राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडलेको उपस्थित थियो ।
यस्ताे छ युवा संघद्धारा बुझाएको ध्यानकर्षण पत्र
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: