Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रचण्डले एकल निर्णय गर्नुभएको छैन्

काठमाडौं । सत्तारुढ दल नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मृर्गौला प्रत्यारोपण सफल भएपछि अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आराम गरिरहेका छन् । चिकित्सकका अनुसार उनी सामान्य जीवनमा फर्किन समान्यतया छ महिनादेखि एक वर्ष लाग्ने बताइरहेका छन् ।

प्रधानमन्त्री ओलीको अस्पताल बसाईं लम्बिएसँगै पार्टी र सरकारको काम पनि सुस्ताएको छ । पार्टीभित्र बामदेव प्रकरणले उब्जीएको विवाद समाधान गर्न कुनै पहल भएको छैन् ।

विश्वव्यापीरुपमा आतंकको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामबारे सरकारले ठोस धारणा ल्याउन सकेको छैन । यतिबेला नेकपाभित्र अध्यक्ष प्रचण्डको निष्कृयताप्रति विभिन्न टिक्का टिप्पणी हुन थालेको छ ।

यसै विषयमा पछिल्लो समय बामदेव प्रकरणले उब्जाएको विवाद, एकताको बाँकी काम र समसामायीक विषयमा अध्यक्ष प्रचण्डको भूमिकाबारे खबर डबलीको तर्फबाट गणेश पाण्डेले नेकपाका युवा नेता तथा स्थायी कमिटी सदस्य मणि थापासँग कुराकानी गरेका छन् । नेकपाको पछिल्लो गतिविधिबारे थापासँग गरिएको कुराकानीको सम्पादीत अंश :

प्रधानमन्त्री केपी ओलीले अस्पताल भर्ना हुनु अघि पार्टी र सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण प्रवन्ध मिलाइएको बताउनुभएको थियो । तर प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै पार्टी तथा सरकारको गतिविधि शुन्य प्रायः बनेको छ । नेकपा गतिविधि शुन्य अवस्थामा छ । पार्टीका कार्यकारी अध्यक्षले कुनै पहल लिन सकेको देखिएको छैन् । किन यस्तो भयो ?

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै एउटै व्यक्ति हुँदा सरकार र पार्टीको गतिविधि सुस्त हुनु स्वभाविक हो । सँगै पार्टीभित्र दुईवटा अध्यक्ष भएको कारण पनि सल्लाह, सहमती बेगर राजनीतिक निर्णय लिन मिल्दैन् । पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड भए पनि सल्लाह दुवैको चाहिन्छ । पहलकदमी मात्र अध्यक्ष प्रचण्डले लिने हो । सल्लाह त दुवैको आवश्यक पर्छ ।

भर्खरै सम्पन्न नेकपा केन्द्रीय समिति बैठकले तय गरेको कार्यक्रम कोरना भाइरसको प्रकोपले देशमा देखिएको असहज परिस्थितिको कारण स्थगित भएको छ । कतिपय सम्पन्न पनि भएको छ । राजनीति इष्युबाट हेर्दा त्यति फरक पर्दैन । तर, अध्यक्ष भएको नाताले प्रचण्डले कोरोना तथा समसामयीक विषयवस्तुबारे पार्टीभित्र सामान्य छलफल गर्न सकिन्थ्यो । पार्टीभित्र पछिल्लो समय जुन विवाद सिर्जना भयो त्यो समाधान हुन सकेको छैन ।

सामान्य स्थितिमा प्रचण्डले पार्टीभित्र छलफल गराउन सक्नुहुन्छ तर पोलिटिकल इष्यु हुने कुरा भएन । पार्टीभित्र विवादित विषयमा प्रचण्डले एक्लैले निर्णय गर्ने कुरा आएन, गर्नु पनि हुँदैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष बिरामी भएको बेलामा एक्लैले निर्णय गर्दा त्यसको नकारात्मक असर पर्न सक्छ । त्यही भएर अध्यक्ष प्रचण्डले त्यति चाँसो नदेखाएको हुन सक्छ । तर, कोरना भाइस नियन्त्रणमा पार्टीको तर्फबाट चाँसो राख्ने, छलफल गर्ने विषय हुन सक्थ्यो ।

बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने पार्टी सचिवालयको निर्णयलाई चुनौति दिँदै प्रधानमन्त्री ओलीले निर्णय नमान्ने परिस्थितिको सामना गर्ने धम्की दिनुभएको थियो । त्यसलगत्तै माधब नेपाललाई बालुवाटार झिकाएर आफुलाई सहयोग गर्न आग्रह गर्नुभयो । कतिपयले यसलाई प्रधानमन्त्री ओलीले माधब नेपाललाई काखी च्यापरे प्रचण्डलाई कर्नरमा पार्ने रणनीतिको रुपमा अर्थाएका छन् । खासमा अहिले नेकपाभित्र कस्तो राजनीति चलिरहेको छ ?

पछिल्लो समय बामदेवलाई राष्ट्रियसभामा लाने र प्रधानमन्त्रीले नलाने भनिसकेपछि अन्तरविरोधको उत्कर्षमा पुगेको जस्तो देखिए पनि चिन्तित हुने अवस्था छैन । यो प्रकरणले पार्टीभित्र केही असहज स्थिति उत्पन्न भएको छ । यसबारे प्रधानमन्त्री अस्पतालमा भर्ना भएकोले आवश्यक छलफल हुन सकेको छैन ।

राजनीतिमा विभिन्न खेल भइराख्छन् । राजनीति भनेकै नयाँ–नयाँ सम्भावनाको खेल हो । यसलाई स्वभाविक मान्न सकिन्छ । सचिवलयका धेरै सदस्य एक ठाउँ हुँदा प्रधानमन्त्रीलाई केही असहज भएको हुन सक्छ । उहाँलाई आफु अलि आइसोलेसनमा पर्न लागेको हो कि भन्ने चिन्ता लागेको छ ।

राजनीतिमा समिकरण मिलाउने र भत्काउने काम भइराख्छ । बाहिरबाट हेर्दा कतिपयलाई पूर्वएमालेभित्र माधब नेपाललाई प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा पार्न खोजिएको हो कि भन्ने आशंका छ । देखिने गरी त्यस्तो परिणाम पार्टीभित्र आएको छैन । सचिवालयले गरेको निर्णयमा माधब नेपाल अहिलेसम्म अडिकनै रहनुभएको छ । दायाँ–बायाँबाट आउने कुरा त सामान्य विषय हो ।

नेकपाभित्र देखिएको संघर्षलाई दुई अध्यक्षबीचको छलफल र सहमतिबाटै निकास खोजिनु पर्छ । पहिलो कुरा, दुई अध्यक्षबीच एकता हुनु पर्यो । अध्यक्ष आली नै अहिले बिरामी भएकोले छलफल हुन सकेको छैन । केही आशंकाहरु जन्माए पनि अवस्था गम्भिर छैन ।

बामदेव प्रकरणपछि नेकपाभित्र अध्यक्ष प्रचण्डको भूमिका कमजोर भएको कतिपयले आशंका व्यक्त गरेका छन् । वास्तविकता त्यहि हो ?

पार्टीभित्र प्रचण्डको भूमिका कहीँ कतै पनि कमजोर छैन । उहाँले यसअघि पनि सचिवालय, स्थायी कमिटीका बैठकहरु ह्याण्डलिङ गर्नुभएको हो । अब प्रधानमन्त्री डिस्चार्ज भएपछि महत्वपूर्ण बैठकहरु बस्छन्, ती बैठकको नेतृत्व प्रचण्डले गर्नुहुन्छ । उहाँको कार्यकारी भूमिका यथावत छ ।

महाधीवेशनको मिति तोकिएको अवस्था छ । पार्टीभित्र विवाद समाधान हुनुको साटो नयाँ–नयाँ विवाद देखिएको छ, यसलाई कसरी हल गर्नुहुन्छ ?

महाधिवेशनपछि लिडरसिप, विचार, नीति तथा कार्यक्रमहरु सबै हल हुन्छ । अहिले संक्रमणको अवस्था भएकोले नेतृत्व र नीतिमा विवाद छ । अहिले नेकपाभित्र पार्टी र सरकारले राम्रोसँग काम गर्न नसक्नु नीति र नेतृत्वको विवाद नै मुख्य कारण हो भन्ने मलाई लाग्छ ।

अन्त्यमा, अल्पमत र बहुमतको लडाईको चेपुवामा पार्टीभित्र समिकरण भत्किने र बन्ने क्रम जारी रहेको छ । अब नेकपा कसरी अगाडि बढ्छ ?

अर्को महाधिवेशनसम्म जाँदा सहमतिबाटै जानुपर्छ भन्ने पहिलो नीति हो । तर व्यवहारीक रुपले काम गर्दा अलिक बढि संख्या जता हुन्छ उसको निर्णय लागु हुने समझदारी बनिसकेको छ । हाम्रो अभियान भनेको दुई अध्यक्षबीचको सहमतिबाट नै अघि बढ्नुपर्छ भन्ने हो । यसको विकल्प खोजियो भने पार्टीमा समस्या आउन सक्छ । राजनीतिमा कुनै महत्वपूर्ण निर्णय लिँदा नेतृत्वमाथि संकट आउनु स्वभाविक हो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies