Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

कमिसन काण्डमा श्रीमतिको नाम जोडिएपछि बोले मन्त्री भट्टराई

काठमाडौं । श्रीमति विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएपछि पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका छन् । विभिन्न सञ्चार माध्यममा आफ्नी पत्नी घिमिरेलाई जोडेर समाचार सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो श्रीमतिबाट कुनै गल्ती नभएको दाबी गर्दै चर्चा अफबाह मात्रै भएको बताएका छन् । उनले घटनाको वास्तविकता सम्बन्धित निकायले ल्याउने भन्दै भ्रम गर्नेहरुको पछाडि नपर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौं । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला।’

https://twitter.com/yogesbhattarai/status/1237989094686257153

के हो भट्टराई पत्नीको नाम जाेडिएकाे कमिसन काण्ड ?

पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमति विन्दा घिमिरेको नाममा विभिन्न अनलाईन सञ्चार माध्यममा समाचार आईरहेका छन् । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराईदिने शर्तमा तीन लाख पैसा मागिएको र विन्दा घिमिरे पनि त्यसमा हिस्सेदार रहेको कुरा उल्लेख गरिएकाे छ ।

काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएको हो । तर घिमिरेले विद्यार्थीसँग सिधै घुस मागेकाे कुरा च्याटमा छैन् ।

काउन्सीलकी सदस्य जिता बरालले विद्यार्थीसँग गरेको कुराकानीमा योगेश पत्नी बिन्दासँग सम्बन्ध राम्रो भएको बताएकी छिन् । उनले च्याटमा ३ लाख रकममध्ये १ लाख ५० हजार रकम विन्दा घिमिरेलाई दिनुपर्ने खुलाएकी छिन् । विन्दा घिमिरे नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार हुन् ।

यस्तो छ सामाजिक सञ्जालमा भाईरल बनेको च्याट कुराकानी

\"\"/

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy