Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

नर्सिङ्ग काउन्सिल फेसबुक च्याट प्रकरण, हामी कानूनी उपचारमा जान्छौं : जीता बराल

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईको श्रीमति विन्दा घिमिरेको नामसमेत जोडिएको फेसबुक च्याट प्रकरणले अहिले निकै तरंग मच्चाएको छ । सामाजिक सञ्जाल र विभिन्न अनलाईन सञ्चार माध्यममा च्याट प्रकरणबारे निकै चर्चा भएको छ । पर्यटनमन्त्रीको श्रीमतिको नाम समेत जोडिएको कारण च्याट प्रकरण बढि चर्चामा आएको हो ।

काउन्सील सदस्य जीता बराल र नर्सिङ्ग लाइसेन्स परीक्षामा सहभागि एक विद्यार्थीबीचको फेसबुक च्याट प्रकरणले नर्सिङ्ग काउन्सीलकै बदनामसमेत हुने स्थिति बनेको छ । सार्वजनिक भएको च्याटमा परीक्षामा सहभागि विद्यार्थीलाई पास गराउन तीन लाख रुपैयाँ घुस मागिएको छ ।

सार्वजनिक भएको च्याटको स्क्रिनसटमा काउन्सील सदस्यसमेत रहेकी जीताले तीन लाख रुपैयाँ दिए पास गराईदिने र पैसाको आधा हिस्सा मन्त्री भट्टराई पत्नी बिन्दा घिमिरेलाई बुझाउनुपर्ने बताएकी छिन् । स्क्रिनसटमा विद्यार्थीलाई आइएमईमार्फत पैसा पठाउन लगाइएको कुराकानी छ ।

च्याटलाई हेर्दा विद्यार्थीले जिता बराललाई दुई पटक गरेर २ लाख ५० हजार रुपैयाँ पठाएकी छिन् । बाँकी ५० हजार पैसा पास भएपछि दिने उल्लेख छ ।

फेसबुक च्याटमा जिता बरालले आफुँ नेपाल नर्सिङ्ग परिषदको उम्मेदवारमा समेत उठेको भन्दै पास जसरी पनि गरिदिने बताएकी छिन् । नेपाल नर्सिङ्ग काउन्सिलको चुनाव गएको भदौमा सम्पन्न भएको थियो । जिता बराल सदस्यमा निर्वाचित भएकी थिइन् । जीता बराल ज्ञानेन्द्र शाहीले चलाएको भ्रष्टाचार विरोधी अभियानकी सदस्यसमेत रहेको कुरा उनले च्याटमा खोलेकी छिन् ।

हामी कानूनी उपचारमा जान्छौँ : जिता बराल

च्याट प्रकरण बाहिरिएसँगै चर्चामा आएकी जिता बरालले आफुँहरुलाई षडयन्त्रमुलक रुपमा फसाउन खोजिएको भन्दै कानूनी उपचारमा जाने बताएकी छिन् । उनले आफ्नो नामको फेक फेसबुक आईडी बनाएर कुरा गरेको बताएकी छिन् ।

उनले आफुँले तीन लाख रुपैयाँ माग गरेको व्यक्ति कोहो प्रष्ट हुनुपर्नेसमेत माग गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘मैंले कोसँग तीन लाख मागेकी हुँ । त्यो मान्छे बाहिर आउनु पर्यो नि । मैंले सामाजिक सञ्जालमा भनिदिएपछि मेरै आइडी फेक बनाएर यस्तो गरेछ ।’

सार्वजनिक भएको फेसबुक च्याटको स्क्रीनसटमा जीताको मात्रै नाम र फोटो देखाइएको छैन् तर अर्को व्यक्तिको नाम तथा फोटो भने छैन् ।

कोही भ्रममा पर्न आवश्यक छैन्, यो सबै खुराफात हो : योगेश भट्टराई

श्रीमति विन्दा घिमिरेको नामसमेत मुछिएपछि पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले कुनै गल्ती नभएको दाबी गर्दै चर्चा अफबाह मात्रै भएको बताएका छन् । उनले घटनाको वास्तविकता सम्बन्धित निकायले ल्याउने भन्दै भ्रम गर्नेहरुको पछाडि नपर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौं । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला।’

यस्तो छ सामाजिक सञ्जालमा भाईरल बनेको च्याट कुराकानी

\"\"/

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy