Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

चालकको रिहाइ माग गर्दै यातायात सेवा अवरुद्ध

नुवाकोट । तीन सवारी साधनका चालकलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यावसायीले सेवा अवरुद्ध बनाएका छन् ।

काठमाडौँस्थित महानगरीय प्रहरी वृत्त बालाजुले ती सवारी चालकलाई मुद्दा चलाएको जनाइएको छ । गत फागनु २८ गते अपराह्न माछापोखरीमा बस पार्किङ गर्ने क्रममा प्रहरीसँग भएको विवादको विषयलाई लिएर पक्राउ परेका ती चालकलाई प्रहरीले सार्वजनिक कसूरको अभियोगमा मुद्दा चलाएपछि व्यावसायीले आज बिहानैदेखि सेवा अवरुद्ध बनाएका हुन् । पक्राउ पर्नेमा बा४ख ८४३५ नंका ईश्वर बोगटी, बा३ख ९०६६ का रामशरण श्रेष्ठ र बा५ख ८२१० का समिर लामा रहेका छन् ।

उनीहरुमाथि ‘झुठा मुद्दा’ लगाएको भन्दै यसको विरोधमा यातायात सेवा प्रभावित बनाएको व्यावसायीले बताएका छन् । सेवा अवरुद्ध गरिएपछि काठमाडौँबाट आउने सवारी साधान प्रभावित भएका छन् भने यहाँबाट भने काठमाडौँ जान लागेका गाडी यात्रु लिएर त्यसतर्फ गएका छन् । अकस्मात गरिएको यातायात सेवा अवरुद्धले यात्रु समस्यामा परेका छन् ।

काठमाडौँ–केरुङ यातायात प्रालिका नुवाकोट–रसुवा इञ्चार्ज रामराजा बोगटीले चालकलाई तत्कालै रिहा गर्न माग गरे। माछापोखरीमा आफ्ना गाडी सडकमै राखेर चालक रिहाइका लागि विरोध प्रदर्शन र दबाब दिइरहेको बेलकोटगढी नगरपालिका–४ का यातायात व्यावसायी सागर चालिसेले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE