काठमाडौं । चीनमा कमजोर देखिदैं गएको कोरोनाको प्रभाव विश्वका अन्य देशमा भने आक्रामक रुपमा बृद्धि भईरहेको छ । आइतबार बिहानसम्म विश्वका १५१ देशमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभर कोरोनाबाट १ लाख ५६ हजार ५३३ मानिस संक्रमित भएका छन् । आइतबारसम्म कोरोनाको कारण ५ हजार ८३५ जनाको ज्यान गईसकेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
ट्रम्पको परिक्षण रिपोर्ट नेगेटिभ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनाको संक्रमणको आशंकामा गरिएको परिक्षण नेगेटिभ देखिएको छ । ब्राजिली राष्ट्रपति जैर बोल्सोनारोका प्रेस सचिवालय हेर्ने फाबियो वाजिनगार्टेनसँग साँझको सँगै खाना खाएको एक हप्तापछि ट्रम्पको परीक्षण भएको हो । फाबियोलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
७३ वर्षीय ट्रम्पले आफूलाई संक्रमण नभएको र परीक्षण गर्न आवश्यक नरहेको बताउँदै आएका थिए । उनलाई परीक्षण गर्नुपर्ने दबाब बढेको थियो । बारम्बार प्रश्न उठ्न थालेपछि उनले परीक्षण गर्ने बताएका थिए ।
स्पेनका प्रधानमन्त्री पेड्रो सांचेजकी पत्नीमा कोरोना संक्रमण
यसैबीच स्पेनका प्रधानमन्त्री पेड्रो सांचेजकी पत्नी डोनाको कोरोना परिक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । प्रधानमन्त्री पत्नीमा कोरोना संक्रमण देखिएसँगै स्पेनले देश नै पूर्णं रुपमा लकडाउन गरेको छ ।
यता फ्रान्समा कोरोना भाइसर आक्रामक रुपमा देखिएसँगै बजार, कलकारखाना, विद्यालयलगायत सबै क्षेत्र बन्द गरिएको छ । जर्मनी र इजरायलमा सार्वजनिक स्थानमा हिंड्न डुल्न प्रतिबन्ध गरिएको छ ।
फ्रान्सको उपमन्त्रीमा पनि देखियो कोरोना संक्रमण
फ्रान्सको उपमन्त्री ब्रुन पायरसनमा कोरोना पोजेटिभ देखिएको छ । त्यहाँको सरकारी सञ्चार माध्यमले मन्त्री पायरसनमा कोरोना देखिएको पुष्टी गरेको हो । जनाइएअनुसार उनलाई हाल डाक्टरको निगरानीमा राखिएको छ । उनलाई क्वारेन्टाइनमा पठाइएको छ ।
यसअधि फ्रान्सकै संस्कृति मन्त्री फ्रेन्क रीस्टरमा पनि कोरोना संक्रमण देखिएको थियो ।
इटलीलाई चीनले सहयोग गर्ने
चीनपछि यूरोपेली देश इटलीमा कोरोना भाइरसले भयावह अवस्था बनाएको छ । आइतबार बिहानसम्म २१ हजारभन्दा बढि मानिस संक्रमित भएको पुष्टि भएको थियो । हालसम्म इटलीमा १४४१ मानिसको कोरोनाकै कारण ज्यान गईसकेको छ ।
यसैबीच चीन सरकारले कोरोनाको कारण संकटग्रस्त बनेको इटलीलाई सहयोग गर्ने भएको छ । शनिबार राती चिनियाँ स्वास्थ्यकर्मीसहितको मेडिकल टिम इटली पुगेको छ । उनिहरुले कोरोना संक्रमितको लागि आवश्यक उपकरण र विभिन्न औषधीहरु लिएर गएको जनाइएको छ ।
हेर्नुहोस् कुन देशमा कतिमा देखियो कोरोनाको संक्रमण ?
| देश | संक्रमण | कुल मृत्यू |
| चीन | 80,844 | 3,199 |
| इटली | 21,157 | 1,441 |
| ईरान | 12,729 | 611 |
| दक्षिण कोरिया | 8,162 | 75 |
| स्पेन | 6,391 | 196 |
| फ्रांस | 4,469 | 91 |
| अमेरिका | 2,836 | 57 |
| जापान | 1,500 | 29 |
| ब्रिटेन | 1,140 | 21 |
| स्विटजरलैंड | 1,375 | 13 |
| भारत | 99 | 02 |
एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: