काठमाडौं । नेपाली सेनाले प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनीयरिङ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) र सेनाबीच उक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सहमतिपत्रमा आइतबार हस्ताक्षर भएको छ । सहमतिपत्रमा परिषद्का सदस्य सचिव डा पुष्परमण वाग्ले र नेपाली सेना, विद्युत् तथा यान्त्रिक सेवा निर्देशनालयका निर्देशक सहायकरथी भोलानाथ बुढाथोकीले हस्ताक्षर गरे ।
तीनवर्षे अवधिको उक्त कार्यक्रम आगामी आर्थिक वर्ष २०७७/७८ देखि शुरु हुनेछ । उक्त दुवै शैक्षिक कार्यक्रममा ४८/४८ विद्यार्थीले भर्ना पाउनेछन् । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तीर्ण भई सिटिइभिटीले लिएको छनोट परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई प्राप्त गरेको अङ्कका आधारमा भर्ना गरिने जानकारी दिइएको छ ।
दुवै शैक्षिक कार्यक्रम सञ्चालनका लागि वार्षिक दुई करोड ५० लाख खर्च अनुमान गरिए पनि व्यवस्थापन र खर्चलगायत यावत् विषय कार्यविधिले तय गर्ने सहायकरथी बुढाथोकीले जानकारी दिए । मुलुक र सेनाको सङ्गठनलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गरी राष्ट्रले लिएको विकासको लक्ष्य समयमै पूरा गर्ने उद्देश्यले शैक्षिक कार्यक्रम अघि बढाइएको उनको भनाई छ ।
उक्त शैक्षिक कार्यक्रमबाट उत्पादन हुने जनशक्तिले द्रुतमार्गलगायत राष्ट्रिय गौरवका आयोजना, रेलमार्ग, विद्युत् प्रसारण लाइन, विमानस्थल निर्माण, जलविद्युत् परियोजना र अरु विकासका ठूला आयोजनामा तत्कालै रोजगारी पाउनेछन् । उक्त शैक्षिक कार्यक्रम नेपाली सेनाको खरिपाटीस्थित विद्युत् तथा यान्त्रिक शिक्षालय खरिपाटी भक्तपुरमा सञ्चालन हुनेछ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: