Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्रधानमन्त्रीको विकल्प खोज्नेहरु साम्राज्यवादीका एजेन्ट हुन्

\"\" प्रधानमन्त्री विरामी भए पनि पार्टी र सरकारको कामकारवाहीमा कुनै असर परेको छैन । एउटा अध्यक्ष विमारी भएपनि अर्का कार्यकारी अध्यक्ष पार्टीमा छँदै छन् । सरकारको काम पनि चलिरहेकै छ । यहाँ नकारात्मक सोंच भएकाहरु एमसीसी, सीमासँग प्रधानमन्त्री ओलीलाई जोडेर खेदो खनिरहेका छन् । के एमसीसीको समस्या आजको हो ? सीमा समस्या आजको हो ? किन केपीसँग जोड्नु पर्यो ? उहाँको विकल्पमा कोही आउँदा नेपालमा बिहानको समस्या बेलुका समाधान हुने कुनै जादुगर छ ? सत्तारुढ दलभएको कारणले यावत समस्या समाधान गर्ने जिम्मा हाम्रो काँधमा छ । यसको मतलब हामी चुप लागेर बसीरहेका छौं ? कोरोना रोकथाममा पनि स्वास्थ्यमन्त्री क्रियाशील रहेका छन् । नेपाल सरकार छ । सबै काम भइरहेको छ । कोरोना नियन्त्रण गर्न सरकारले कुनै करस बाँकी राखेको छैन । यो त अनावश्यकरुपले त्रास सिर्जना गर्नकोलागि कर्पोरेट घरना, मिडिया, माफिया, तक्कर र वर्गशत्रुहरुले फैलाएको त्रासमात्र हो । नेकपामा पनि खास गरी ओलीलाई जोडेर गरिएको नियोजित डिजायन मात्र हो । कतिबेला कसको के हुन्छ ? कोही बिमार हुन्छ, कोही स्वस्थ हुन्छ । बिमारी हुने वित्तिकै प्रधानमन्त्री रोगी भए विकल्प खोज्नु पर्ने भन्ने हुन्छ ? यो भन्ने आधिकार पार्टी बाहेक अरु कसैलाई छैन । पार्टीले राम्रो काम गरिरहेकै छ । प्रधानमन्त्रीको किन विकल्प चाहियो ? कसलाई प्रधानमन्त्री बन्नु छ ? प्रधानमन्त्रीले आराम गर्नुहुन्छ । आरामको जरुरत पनि पर्छ । प्रधानमन्त्री डाइलोसिसमा हुँदा पनि देशको काम गरिरहनु भएको थियो । नेपालीले आवश्यकताभन्दा बढि कल्पना गर्छ । फाल्तु गफ गरेर हुन्छ ? सयौं वर्षसम्म भारतीय सेना कालापानीमा आएर बसेको छ । राजा महेन्द्रको पालामा आएर बसेको हो । यसबीचमा दुई दर्जन शासक सत्तामा आए सीमा समस्या समाधान गर्न कसले पहल गर्यो ? २५ वर्ष कांग्रेसले शासन गर्यो, किन हटाउन सकेन ? तत्कालिन एमाले र माओवादी पटकपटक सरकारमा गए । कतिजना रक्षामन्त्री भए, त्यतिवेला किन महशुस गरेन ? ७२ ठाउँमा सीमा मिचिएको छ । एउटा गाउँमा पनि अमेरिकन फौज आएको छ र ? एक इन्ची जमिन कब्जा गरेको छ ? अनि अमेरिका आएर खाइदेला भनेर अनावश्यक हल्ला फैलाउनुको अर्थ के हो ? यो सबै साम्राज्यवादी र भारतीय विस्तारवादीका एजेन्टहरुले फैलाएको हल्ला हो । त्यसकारण नेपालमा केही पनि भएको छैन । केपी ओलीको ठाउँमा ज्ञानेन्द्रलाई प्रधानमन्त्री बनाएर समाना गर्न सक्छन् ? शेरबहादुरले सक्छन् ? प्रचण्डले सक्छन् ? नेपालको जुन सामाजिक, आर्थिक अवस्था हो, ओली जीलेनै कति समाना गर्न सक्नुहुन्छ ? यसो भन्दैमा कुनै पनि चिजको नजर अन्दाज गर्नुपर्छ भन्न खोजिएको होइन । आवश्यक तयारी गर्नुपर्छ । जोगिनु पर्छ । सतर्कता अपनाउनु पर्छ । यस बारेमा काम भइरहेकै छ नि । अनावश्यरुपले उठाएका कुराहरुको पछि लागेर हुन्छ ?

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies