काठमाडौं । यस वर्षको एसइई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने भएको छ । चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन्। उनीहरुका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ।
आजको नागरिक दैनिकमा खबर छ - काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा एसइई परीक्षाका केन्द्राध्यक्षलाई सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न परीक्षा केन्द्रमा आउने परीक्षार्थीलाई कसैले पनि नछुन निर्देशन दिइएको छ।
परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर वा सेनिटाइजर प्रयोग गर्न लगाउन पनि केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ। अभिमुखीकरणमा सहभागिता जनाएका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष हेरम्बराज कँडेलले एसइई परीक्षामा कोरोना जोखिमबाट बच्च उच्च सतर्कता अपनाउन सरकारले निर्देशन दिएको बताए।
विगतमा केन्द्राध्यक्षहरुलाई एकै ठाउँमा राखेर अभिमुखीकरण तालिम दिने गरिएकोमा यसपटक भने कोरोना संक्रमणलाई ध्यानमा राखेर चार समूहमा विभाजन गरिएको थियो।
‘सरकारले निर्देशन गरेअनुसार परीक्षार्थीलाई परबाटै प्रवेशपत्र हेरेर परीक्षा हलमा प्रवेश गराइनेछ,’ कँडेलले भने, ‘निगरानीका क्रममा विद्यार्थीको शरीरमा छुन पाइनेछैन। परबाटै निगरानी राख्ने व्यवस्था गरिनेछ।’
परीक्षा हलभित्र विद्यार्थीलाई एक मिटरको दूरीमा मात्र बस्ने व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए। उनका अनुसार ५ फिटको बेन्चमा दुई र तीन फिटको बेन्चमा एकजना परीक्षार्थीमात्र बस्ने व्यवस्था गर्न सरकारले निर्देशन दिएको छ। यो अभिमुखीकरण तालिम देशभरिकै केन्द्राध्यक्षलाई दिइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै सरकारले परीक्षा केन्द्र व्यवस्थापन गरेको जानकारी दिए। परीक्षार्थीलाई त्रासरहित वातावरणमा परीक्षा सञ्चालन गर्न सरकारले सबै तयारी पूरा गरेको उनले दाबी गरे।
‘नेपालमा हालसम्म कोरोनाका बिरामी फेला नपरेकाले सरकारले पूर्वनिर्धारित समय र तालिकामै परीक्षा सञ्चालन गर्नेछ’, शर्माले भने, ‘बालबालिकाको स्वास्थ्य सुरक्षाबारे सरकारले यस वर्ष निकै सतर्कता अपनाएको छ। स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारसँग समन्वय गरी हरेक परीक्षा केन्द्रमा हेल्थ डेस्क र एम्बुलेन्सको व्यवस्था गरिएको छ। विद्यार्थीले ढुुक्क भएर परीक्षाको तयारी गर्दा हुन्छ।’
परीक्षा केन्द्रमा कुनै परीक्षार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेको फेला परेमा स्वास्थ्य परीक्षण गरी छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: