काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । सोमबार पत्रकारहरुसँगको भेटमा सापकोटाले एमसीसी दलहरुले टुङ्ग्याएपछि मात्रै संसदको एजेण्डा बन्ने बताएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी निकै पेचिलो बनिरहेको अवस्थामा सभामुख सापकोटाले आफ्ना धारणा बाहिर ल्याएका हुन् । सापकोटाले सत्तारुढ दलभित्रै एकमत नभइरहेको सन्दर्भमा एमसीसी संसदको एजेण्डन बन्न नसक्ने बताएका हुन् ।
‘सत्तारुढ पार्टीमा छलफल भइरहेको छ र प्रतिपक्षी दलका सचेतक, प्रमुख सचेतकहरुसँग पनि छलफल भएर आएपछि यो एजेण्डा बन्छ ।’ उनले भने, ‘अहिले एमसीसी बहसमै छ ।’
दलहरुका बीचमा सहमति भएर आएपछि एमसीसीलाई एजेण्डा बनाउन आफूले सहजीकरण मात्रै गर्न सक्ने सापकोटाको भनाइ छ ।
यस्तै, उनले उपसभामुख कसले पाउने भन्नेबारे कुनै छलफल नभएको भन्दै उनले भने, ‘‘मैले नेकपाको संसदीय दलको उपनेतासँग पनि कुरा गरेको छु । उनले नेकपाले नै यो विषय टुङ्ग्याउनुपर्छ भन्नुभएको छ । नेकपाले टुङ्ग्याएपछि यो अगाडि बढ्छ । मैले त टुङ्गिएर आएपछि प्रक्रिया सुरु गर्ने न हो ।’
यस्तै, सभामुख सापकोटाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग आफ्नो असमझदारी नरहेको प्रष्टीकरण दिएका छन् । उनेल विधि र प्रक्रियाअनुसार सिनियर भएको आधारमा महासचिव नहुँदासम्म महासचिवले काम गर्ने गरी योगीलाई जिम्मेवारी तोकिएको उनले बताए ।
यस्तै, उनले विधेयक अधिवेशनमा दुवैै सदनले जम्मा २ वटा विधेयक पारित गरेको छ । प्रतिनिधिसभाले मात्रै ८ वटा विधेयक पारित गरेको छ । यो तथ्याङ्क विधेयक अधिवेशनका लागि कम भएको भन्दै पत्रकारहरुले राखेको जिज्ञासामा सापकोटाले संसदमा रहेका विधेयकहरुलाई पास गराउन सकेजति पहल गर्ने बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: