काठमाडौं । सेक्युरिटी प्रिटिङ्ग प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो बाहिरिएसँगै मन्त्रीपदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले आफुँ बम हानेपनि नझुक्ने बताएका छन् । आफ्नो निर्माणाधिन घरमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम हानेको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले बम हानेपनि आफुँ झुठसँग नझुक्ने बताएका हुन् ।
सत्तारुढ नेकपाका केन्द्रिय सदस्यसमेत रहेका उनले सामाजिक सञ्जाल ट्विटरमार्फत ‘आफ्नो जीवनको संकल्प सत्यसँग नलड्ने र झुठसँग नझुक्ने’ रहेको बताएका छन । ‘सत्यसँग नलड्ने झुठसँग नझुक्ने बम गोला जे हाने पनि मेरो जीवनको सङकल्प यति हो ।’
भक्तपुर लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधिन घरमा गत फागुन २८ मा विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराएको थियो ।
बाँस्कोटाले यसअघि सार्वजनिक भएको अडियो गलत भएको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । उनले अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीका प्रतिनिधि विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा हालेका छन् ।
तर संघीय संसदअन्तर्गतको लेखा समितिले भने बाँस्कोटाको अडियो प्रकरणलाई गम्भिरताका साथ लिँदै अनुसन्धान गर्न आवश्यक रहेको ठहर गरेको छ । गत शुक्रबार लेखा समितिको बैठकले अडियो प्रकरणलाई गम्भिरतापूर्वक लिँदै आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन अख्यितयारलाई पत्र काटेको छ । लेखा समितिले बाँस्कोटा सहभागि रहेका जीटुजी प्रक्रियामार्फत अघि बढाइएका सबै खरिद प्रक्रिया रोकी सुक्ष्म अनुसन्धान गर्न माग गरेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: