Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

दैनिक बढ्दो छ कोरोनाबाट मृत्यु हुनेको संख्या, २४ घण्टामै झण्डै एक हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट मर्नेहरुको संख्या दैनिक रुपमा निरन्तर बढिरहेको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको कारण विश्वभर झण्डै एक हजार मानिसले ज्यान गुमाएका छन् । सार्वजनिक तथ्यांकअनुसार कोरोनाकै कारण पछिल्लो २४ घण्टामा विश्वभर ९ सय ७३ जनाले ज्यान गुमाए ।

जनाइएअनुसार हालसम्म ८ हजार ९ सय ५१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । विश्वका १७६ मुलुकमा देखिएको कोरोनाबाट बिहिबारसम्म २ लाख १९ हजार ३८५ मानिस संक्रमित भएका छन् । जनाइएअनुसार पछिल्लो २४ घण्टामा मात्रै २० हजार ५ सय ८४ जना थप नयाँ कोरोना संक्रमित भेटिएको उल्लेख छ ।

चीनपछि युरोप र अमेरिकामा कोरोनाको आतंक

गत डिसेम्बरको अन्तिम साता चीनको बुहानमा देखिएको कोरोना विश्वभर फैलिएको छ । हाल विश्वका १७६ मुलुकमा यसको संक्रमण देखिएको छ । उद्गमस्थल चीनमा संकट बनाएको कोरोना चीनपछि युरोप र अमेरिकातिर आक्रामक रुपमा देखिएको छ । पछिल्लो रिपोर्टअनुसार युरोप र अमेरिकामा कोरोनाले डरलाग्दो गरि आतंक मच्चाएको छ ।

कोरोनाकै कारण युरोपियन देश इटली पूर्णं संकटग्रस्त बनेको छ । इटलीसँगै स्पेन, जर्मन, फ्रान्स र स्वीजरल्याण्ड संकटतिर धकेलिएका छन् । युरोपियन देश इटली चीनको अर्को बुहानजस्तै बनेको छ । इटलीमा हालसम्म झण्डै ३ हजार जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । इटलीमा हालसम्म ३५ हजार ७ सय १३ जनाको कोरोनाको संक्रमण देखिएको छ ।

इटलीसँगै स्पेन, जर्मनी र फ्रान्समा पनि अवस्था गम्भीर खालकै छ । स्पेनमा हालसम्म कोरोनाकै कारण ६३८ जनाले ज्यान गुमाएका छन् । कोरोनको कारण फ्रान्समा २६४, जर्मनमा २८ र बेलायतमा १०४ जनाले ज्यान गुमाएका छन् ।

यता अमेरिकामा कोरोनाको महामारी डरलाग्दो गरि बढेको छ । अमेरिकामा हालसम्म झण्डै १० हजार मानिस कोरोना संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १ सय ५५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

अमेरिकामा एकै दिन झण्डै ३ हजार संक्रमित, ४१ ले ज्यान गुमाए

अमेरिकामा कोरोना संक्रमणको दर आक्रामक देखिएको छ । गत मार्च २ मा अमेरिकामा पहिलोपटक देखिएको कोरोनाबाट हालसम्म ९ हजार ४ सय ६४ जना संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ हजार ८ सय ४८ नयाँ संक्रमित भेटिएका छन् ।

कोरोनाकै कारण पछिल्लो २४ घण्टामा मात्रै ४१ जनाले ज्यान गुमाएको जनाइएको छ । कोरोनाको कारण अमेरिकाको मुख्य शहर न्यूर्योक संकटतिर पुगेको छ । जहाँ ३ हजारभन्दा बढि संक्रमित भेटिएका छन् । न्यूर्योकमा हालसम्म २० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । वासिंटन र क्यालिफोर्नियामा क्रमशः ६८ र १७ जनाले ज्यान गुमाएका छन् ।

यस्ताे छ तथ्यांकमा काेराेनाे अवस्था

\"\"
तथ्यांक स्राेत : worldometers

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy