काठमाडौं । कोरोनाको बढ्दो महामारीलाई मध्यनजर गर्दै अमेरिकी सरकारले अन्तिम संस्कारमा समेत भेला हुन नदिने भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार कोरोनाको बढ्दो महामारीलाई रोक्न डोनाल्ड ट्रम्प प्रशासनले उक्त निर्णय गरेको हो ।
जनाइएअनुसार मृत्यु संस्कार हेर्न चाहनेलाई त्यहाँको प्रशासनले लाइभमार्फत अन्तिम संस्कारको भिडियो देखाउने छ । डोनाल्ड ट्रम्प सरकारले यसअघि नै १० जनाभन्दा बढि मानिसहरु जम्मा हुन रोक लगाएको थियो ।
अमेरिकामा बिहिबारसम्म झण्डै १० हजार मानिस कोरोना संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १ सय ५५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
गत मार्च २ मा अमेरिकामा पहिलोपटक देखिएको कोरोनाबाट हालसम्म ९ हजार ४ सय ६४ जना संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ हजार ८ सय ४८ नयाँ संक्रमित भेटिएका छन् ।
कोरोनाकै कारण पछिल्लो २४ घण्टामा मात्रै ४१ जनाले ज्यान गुमाएको जनाइएको छ । कोरोनाको कारण अमेरिकाको मुख्य शहर न्यूर्योक संकटतिर पुगेको छ । जहाँ ३ हजारभन्दा बढि संक्रमित भेटिएका छन् । न्यूर्योकमा हालसम्म २० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । वासिंटन र क्यालिफोर्नियामा क्रमशः ६८ र १७ जनाले ज्यान गुमाएका छन् ।
दुई सांसद कोरोना संक्रमित
अमेरिकी समाचार एजेन्सीले जनाएअनुसार अमेरिकामा दुई सांसदमा कोरोनाको संक्रमण देखिएको छ । बिहिबार बिहान सार्वजनिक भएको रिपोर्ट अनुसार अमेरिकी सांसद मारियो डियाज बलार्ट र बेन मैक्एडम्समा कोरोनो संक्रमण देखिएको हो ।
अमेरिकामा फुटबल मैदानमा अस्पताल
कोरोनाको बढ्दो संक्रमणलाई हेर्दै अमेरिकाले राजधानी शहर वाशिंगटनस्थित एक फुटबल मैदानलाई नै अस्पताल बनाएको छ । जनाइएअनुसार फुटबल मैदानमा बनाइएको २ सय बेडको अस्पतालमा आशंका लागेका बिरामीलाई मात्रै राखिन्छ । व्यक्तिमा कोरोना संक्रमण देखिए तत्कालै अन्य अस्पताल पठाइने उल्लेख छ ।
अमेरिकामा आक्रामक रुपमा फैलिएको कोरोनाको संक्रमणलाई रोक्न सरकारले उक्त निर्णय गरेको हो । एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: