काठमाडौं । छोरी निर्भयालाई बलात्कार गरि हत्या गर्ने अपराधीलाई फाँसीमा छुड्याउँदा आमा आशादेवीका अनुहारमा केहि मुश्कान देखिए । उनी अपराधीले सजायँ पाएकोमा केहि खुशी भइन् । आफ्नो छोरी गुमाएको पीडा कुनै हिसाबमा बयान गर्न नमिले पनि छोरीका अपराधीले सजायँ पाएकोमा उनको अनुहारमा केहि उज्यालो देखिएको थियो ।
चारै जना दोषीलाई फाँसी दिएसँगै आमा आशादेवीले आफ्नी छोरीको तस्बिर छातीमा टाँसेर ‘तिमीलाई न्याय मिलेको छ छोरी’ भन्दै भक्कानीएकी थिइन् । उनले आजको दिनको उज्यालो छोरी निर्भयाको निमित्त भएको बताइन् ।
निर्भयाका दोषीलाई फाँसी दिएसँगै आशादेवीले भनिन्, “७ वर्ष लामो लडाईंपश्चात छोरीको आत्माले शान्ती पाएको छ । दोषीहरुले सजायँ पाउनेछन् भन्ने भरोसा मिलेको छ । देशका छोरीहरु अनि पुरै देशलाई न्याय मिलेको छ । आजको दिन छोरी निर्भयाको नाममा । आजको उज्यालो छोरी निर्भयाको नाममा ।”
७ वर्ष ३ महिना ४ दिनपश्चात निर्भयाका दोषीलाई आज फाँसी दिइएको छ । शुक्रबार बिहानै साढे पाँच बजे चारै जना दोषीलाई तिहाड जेलमा फाँसीमा लट्काइएको थियो ।
१६ डिसेम्बर २०१२ को रात छ जना अपराधीले निर्मतापुर्वक अत्यन्तै पासबिक ढंगले निर्भयाको बलात्कार गरेका थिए । उनीहरुले बलात्कारपश्चात निर्भयाको योनीमा रड घुसारेर छोडेका थिए । अत्यन्तै गम्भिर अवस्थामा भेटिएकी निर्भयाको उपचारको क्रममा मृत्यु भएको थियो ।
निर्भया बलात्कारका एक दोषीले जेलमै आत्महत्या गरेका थिए भने दोस्रा नाबालिग भएको आधारमा तीन वर्षपछि जेलबाट छुटेका थिए । बाँकी रहेका चार जना मुकेश (३२ वर्ष), अक्षय (३१ वर्ष), विनय (२६ वर्ष) र पवन (२५ वर्ष)लाई शुक्रबार बिहानै फाँसी दिइएको हो ।
बलात्कार गरेको केहि सयममा नै पक्राउ परेका सबै अपराधीलाई भारतको तल्लो अदालतले ९ महिनामै फाँसीको सजायँ सुनाएको थियो । तल्लो अदालतले गरेको फैसलालाई दिल्ली उच्च अदालतले सदर गर्न ६ महिना लगाएको थियो । यसको २ वर्ष २ महिनापश्चात मई २०१७ मा सर्वौच्च अदालतले पनि फाँसीको फैसला सुनाएको थियो । फेरि २ वर्ष १० महिना पछि धकेलियो । ४ पटक फाँसी मिति जारी भयो । अन्तिममा अन्यौलका बीच शुक्रबार फाँसी दिइएको हो ।
यसअघि बिहिबार मात्रै दिल्ली उच्च अदालतले फाँसीमाथि रोक लगाउने निवेदनलाई खारेज गरेसँगै अपराधीका तर्फबाट वहस गर्ने वकील एपी सिंह सर्वौच्च अदालत गएका थिए । अन्तिम समयमा पनि निर्भयाका अपराधीहरुले सजायँबाट बच्नको निमित्त सर्वौच्च अदालतमा निवेदन गरेका थिए । तर उनीहरुको निवेदनलाई खारेज गरेसँगै शुक्रबार यसअघि जारी गरिएको मितिमा नै फाँसी दिइएको हो । एजेन्सीकाे सहयाेगमा
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: