Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कोरोनाभाइरस संक्रमण : कहिले हुन्छ सामान्य अवस्था ?

काठमाडौं । विद्यालय बन्द गरिनुका साथै यात्रामा लगाइएको प्रतिबन्ध अनि ठूलो सङ्ख्यामा जम्मा हुन नपाइने सहितका अन्य प्रतिबन्धात्मक व्यवस्थाका कारण निकै व्यस्त रहने स्थानहरू सुनसान देखिन थालेका छन्।

यो कोरोनाभाइरसका कारण उत्पन्न हुने रोगप्रति लक्षित एक विशेष किसिमको अभूतपूर्व प्रतिक्रिया हो।

तर संसारभर २७५,००० भन्दा बढी मानिसलाई सङ्क्रमण गरेको प्रकोपको अन्त्य कहिले हुन्छरु हामी सामान्य जीवनमा कहिलेसम्म फर्कन सक्छौँ ? ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनले कोरोनाभाइरसको प्रभावलाई आगामी १२ हप्ताभित्र बदल्न सक्ने विश्वास व्यक्त गरेका छन्।

तर आगामी तीन महिनामा सङ्क्रमणको सङ्ख्यामा कमी आउन थाले पनि हामी त्यसको अन्त्यभन्दा निकै टाढा हुने छौँ।

यसको प्रभाव अन्त्य हुन निकै लामो समय लाग्न सक्छ। सम्भवतः वर्षौँ लाग्न सक्छ।

हाल अपनाइएको प्रतिबन्धहरूको रणनीति दिगो हुन नसक्ने स्पष्ट छ र यसले निम्त्याउने सामाजिक र आर्थिक क्षति डरलाग्दो हुनेछ। अहिलेको आवश्यकता भनेको निकासको रणनीति हो जसबाट प्रतिबन्धात्मक व्यवस्थाहरू हटाउन र जनजीवन सामान्य बनाउन सकिन्छ। तर कोरोनाभाइरस हराउने छैन।

प्रतिबन्ध हटाइए सङ्क्रमणको सङ्ख्या बढ्ने छ।

\'निकासको योजना के हो र हामी कसरी यसबाट बाहिर निस्कन सक्छौँ भन्ने विषय ठूलो समस्या हो,\' युनिभर्सिटी अफ एडिनबरा सरुवा रोग विषयका प्राध्यापक मार्क वुलहाउसले बताए।

यो विषयमा यूकेमा मात्र होइन। कुनै पनि देशसँग योजना छैन। यो निकै ठूलो वैज्ञानिक र सामाजिक चुनौती हो।

यो परिस्थितिबाट बाहिर निस्कने तीनवटा तरिका छन्

खोप‍,
धेरै मानिसहरूमा रोगप्रतिरोधी क्षमताको विकास, वा
व्यवहाररसमाजको स्थायी परिवर्तन

यी सबै तरिकाहरूले भाइरसको फैलिने गति कम गर्नेछन्।

खोप बन्न कम्तीमा एक वर्ष लाग्छ
खोपले मानिसको रोग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले गर्दा उनीहरू बिरामी हुने जोखिम कम हुन्छ।

करिब ६० प्रतिशत मानिसहरूलाई नयाँ कोरोनाभाइरस प्रतिरोध गर्न सक्ने बनाइयो भने उक्त भाइरस फैलिन सक्दैन।

अमेरिकामा एक व्यक्तिलाई यसै हप्ता पहिलो पटक खोप परीक्षण गरिएको छ।

खोपका बारेमा अभूतपूर्व गृहकार्य भइरहेको छ तर यो सफल हुन्छ भन्ने निश्चित छैन।

सबैभन्दा सहज अनुमान सबै कुरा सफल र सहज भए पनि खोप बन्न अझै १२ देखि १८ महिना लाग्छ भन्ने हो।

प्राकृतिक रोग प्रतिरोधी क्षमता ( कम्तीमा दुई वर्ष
धेरै देशहरूको अल्पकालीन योजना रोग सर्न सकेसम्म कम गर्ने र अस्पतालका शैयाहरू खाली राख्ने हो।

सङ्क्रमण कम भएपछि प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्न सकिन्छ।

तर कहिले सङ्क्रमण घट्छ भन्न सकिन्न।

यूकेका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भाल्लेन्स भन्छन्, स्पष्ट समयरेखा कोर्न सकिने अवस्था छैन।

तर यसको सङ्क्रमण बढ्दै जाँदा मानिसहरूको शरीरमा यसलाई प्रतिरोध गर्ने क्षमता पनि बढ्दै जान सक्छ।

तर त्यसका लागि वर्षौँ लाग्न सक्छ।

प्राध्यापक नील फर्गुसन भन्छन् हामी यसको सङ्क्रमणलाई थोरै मानिसमा मात्र सीमित गर्ने कुरा गरिरहेका छौँ।

त्यसका लागि हामीले दुई वर्षसम्म यस्तै अवस्था भोग्यौँ भने धेरै मानिसहरूमा रोग प्रतिरोधि क्षमता विस्तार हुनसक्छ किनभने त्यतिबेलासम्म जनसङ्ख्याको ठूलो समुदायलाई सङ्क्रमण भइसकेको हुनेछ।\'

वैकल्पिक व्यवस्था-कहिले भन्ने टुङ्गो छैन
\'अर्को विकल्प भनेको हाम्रो व्यवहारमा स्थायी परिवर्तन हो जसले सङ्क्रमण सर्ने दर कम गर्न सहयोग गर्छ,\' प्राध्यापक वुलहाउसले बताए।

जसमा हाल कायम गरिएका कतिपय उपाय कायम राख्ने, व्यापक रूपमा परीक्षण गर्ने वा आइसोलेसन अर्थात् एक्ल्याएर राख्ने उपाय हुन सक्छ। कोभिड-१९ को सफल उपचार गर्न सक्ने औषधि विकास भए अन्य रणनीतिमा सहयोगी भूमिका निर्वाह गर्न सक्छ।

त्यसलाई सङ्क्रमणको लक्षण देखा पर्नासाथ प्रयोग गर्न सकिने बताइएको छ।

अरूलाई त्यो नसरोस् भनेर गरिने \'ट्रान्समिसन कन्ट्रोल\' अर्थात् सर्न नियन्त्रण गर्ने प्रक्रियामा त्यसले सघाउ पुर्‍याउन सक्ने बताइएको छ।

यसले प्रतिबन्धात्मक उपाय नगरी थप घटनाहरूसँग जुझ्न सहयोग गर्छ।

तर कोभिड-१९ को औषधि बनेर परीक्षण भई प्रयोगमा आउन पनि उत्तिकै समय लाग्छ।

यूकेका प्रमुख स्वास्थ्य सल्लाहकार प्राध्यापक क्रिस ह्वीटी भन्छन्, दीर्घकालीन समाधान भनेको खोप नै हो र आशा गरौँ त्यो सकेसम्म छिटो उपलब्ध हुनेछ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE