Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

अमेरिकामा कोरोनाको महामारी भयाबह बन्दै, पछिल्लाे २४ घण्टामै भेटिए ९ हजार नयाँ संक्रमित

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्यामा ह्वात्तै बढोत्तरी आएको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ हजार बढि नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा आइतबारसम्म ३३,५४६ जना संक्रमित भएको पुष्टि भएको छ ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्यामा पनि निकै बढोत्तरी आएको छ । सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै ११८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । कोरोनाकै कारण अमेरिकामा हालसम्म ४१९ जनाले ज्यान गुमाएका छन् ।

\"A
सेन्ट प्याट्रिकको क्याथेड्रल शहरकाे दृश्य । काेराेनाकाे कारण हाल अमेरिकका मुख्य व्यापारिक क्षेत्र सुनसान जस्तै बनेका छन् । तस्बिर : डेलीमेल

न्यूयोर्क डरलाग्दो संकटतिर, एकैदिन थपिए ५ हजार बढि संक्रमित

अमेरिकाको न्यूर्योक अन्यन्तै संकटतिर पुगेको छ । जहाँ कोरोना संक्रमितको संख्यामा निकै बढोत्तरी आएको छ । न्यूर्योकमा पछिल्लो २४ घण्टामा मात्रै ५,४१८ नयाँ संक्रमित थपिएका छन् । जहाँ पछिल्लो २४ घण्टामै मात्रै ५८ जना कोरोना संक्रमितको ज्यान गएको उल्लेख छ ।

न्यूयोर्कमा आइतबारसम्म १५,७९० जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । न्यूर्योकमा हालसम्म ११४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

वाशिंगटन, क्यालिफोर्निया र न्यूजर्सीमा बढि कोरोना संक्रमित

अमेरिकाको राजधानी वाशिंगटनसहित मुख्य शहरहरु क्यालिफोर्निया र न्यूजर्सीमा कोरोनाको संक्रमित बढि भेटिएका छन् । राजधानी वाशिंगटनमा हालसम्म सबैभन्दा ९५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । सार्वजनिक तथ्यांकअनुसार वाशिंगटनमा आइतबारसम्म १,९९६ जना कोरोनाबाट संक्रमित भएका छन् ।

क्यालिफोर्निया र न्यूजर्सीमा क्रमशः ३४ र २० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । क्यालिफोर्नियामा पछिल्लो २४ घण्टामा मात्रै १० जनाले ज्यान गुमाए । क्यालिफोर्निया र न्यूजर्सीमा क्रमशः १,७५५ र १,९१४ जना कोरोना संक्रमित छन् ।

अमेरिकाको फ्लोरिडा, टेक्सास, जर्जिया, म्यासाचुसेट्स, कोलोराडो, पेन्सिलभेनिया, टेनेसी, उत्तर क्यारोलिनालगायतका राज्य कोरोनाबाट बढि प्रभावित छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy