Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

अब घरमै बसेर हेलो डक्टर हटलाइनमा सोधपुछ गर्नु हाेस्

पोखरा । के तपाईं कोरोना भाइरसको सङ्क्रमण भयो कि भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यस्तो छ भने तत्कालै अस्पतालको खोजीमा भौँतारिनु पर्दैन । घरमा नै बसेर ०६१–५२४०७४ मा फोन गर्नुहोस्, त्यहाँ तपाईंको स्वास्थ्य समस्या बुझेर आवश्यक परामर्श दिने चिकित्सकहरु बसिरहेका छन् । चिकित्सकको परामर्शपछि मात्रै तत्काल अस्पताल जानुपर्ने वा घरमा नै बसेर आराम गर्दा हुने हो, एउटा निर्णयमा पुग्नुहोस् ।

सङ्क्रमणका कारण विश्वलाई नै त्रसित बनाइरहेका अवस्थामा सर्वसाधारणलाई स्वास्थ्य समस्यामा परामर्श दिनका लागि गण्डकी प्रदेशमा आइतबारदेखि ‘हेलो डक्टर कक्ष’ सञ्चालनमा ल्याइएको छ । प्रत्येक दिन बिहान ८ देखि दिउँसो ५ बजेसम्म दुईजना चिकित्सकसहित उक्त हटलाइन सेवा सञ्चालनमा ल्याइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । कक्ष सञ्चालनसँगै ठाउँठाउँबाट सर्वसाधारणले सोधपुछ गरी चिकित्सकीय परामर्श लिइरहेको उनले बताए ।

सङ्क्रमणको सम्भाव्य जोखिमीलाई दृष्टिगत गरी गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा एक सय ११ आइसोलेशन श्यया तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १० श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ ।

त्यस्तै मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँमा ३० श्ययाको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको निर्देशक शर्माले जानकारी दिए । त्यस्तै स्याङ्जा जिल्ला अस्पतालमा चार, पर्वत जिल्ला अस्पतालमा तीन, धौलागिरि अञ्चल अस्पताल बागलुङमा चार श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ ।

निर्देशनालयअन्तर्गत प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य सहायता कक्षमार्फत सेवा प्रवाह भइरहेको उनले जानकारी दिए । पिपिई, सानिटाइजर, मास्क, गन थर्मोमिटरलगायत सामान पर्याप्त नहुँदा भने ती स्वास्थ्य सहायता कक्षलाई अपेक्षित प्रभावकारी बनाउन नसकिएको उनले बताए । स्वास्थ्यप्रतिको सजगताका लागि सर्वसाधारण अस्पतालमा आउने क्रम भने बढिरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies