काठमाडाैं। प्राणघातक कोरोना भाइरस (कोभिड १९) चीनबाट सुरु भएको थियो । तर अहिले पुरै विश्वभर नै यसले आफ्नो आतंक मच्चाएको छ ।
यस प्राणघातक भाइरसले सबैभन्दा बढि युरोपेली देश इटलीमा संकट निम्त्याएको छ । इटलीमा कोरोनाबाट चीनको भन्दा दुई गुणा बढिले ज्यान गुमाएका छन् ।
इटलीमा पछिल्लो २४ घण्टामा मात्रै ६०२ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ । सोमबारसम्म इटलीमा ६ हजारभन्दा बढिले कोरोनाकै कारण ज्यान गुमाएका छन् । इटलीमा करीब ६४ हजार मानिस यस भाइरसबाट संक्रमित छन् ।
चीनमा भन्दा ३२ सय बढिको ज्यान गयो
सार्वजनिक तथ्यांकअनुसार कोरोनाकै कारण इटलीमा अहिलेसम्म ६,०७७ जनाले ज्यान गुमाएका छन् । जहाँ झण्डै ६४ हजार मानिस कोरोना संक्रमित छन् । जबकी चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ सय छ, जुन इटलीको भन्दा झण्डै आधा हो ।
चीनमा संक्रमितको संख्या भने बढि छ । सार्वजनिक तथ्यांकअनुसार सोमबारसम्म चीनमा संक्रमितको संख्या ८१ हजार ५०७ पुगेको छ ।
चीनको बुहान शहरमा सबैभन्दा पहिले कोरोनाको संक्रमण देखिएको थियो ।
आइतबारको तुलनामा सोमबार केहि कमको ज्यान गयो
कोरोना भाइरसको संक्रमणबाट इटलीमा शनिबार ७९३ जना र आइतबार ६५१ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएको थियो । जुन तथ्यांकअनुसार शनिबारको र आइतबारको तुलनामा सोमबार कम मानिसको ज्यान गएको छ । सार्वजनिक तथ्यांकअनुसार सोमबार इटलीमा ६०२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
गत डिसेम्बरको अन्तिम साता चीनको बुहानमा देखिएको कोरोना भाइरसबाट सोमबारसम्म विश्वभर १६ हजार बढिले ज्यान गुमाएका छन् । कोरोनाको कारण विश्वका १९५ देश नै समस्यामा परेका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वभर ३ लाख ८१ हजारभन्दा बढि मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: