काठमाडौं । कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक/दुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि उडान भएको छैन । चीनबाट सामग्रीसहित जहाज आउने जनाइए पनि अहिलेसम्म कुनै पनि जानकारी नआएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा हेलिकप्टरको उद्धार उडानबाहेक अहिलेसम्म कुनै पनि उडान नभएको र विमानस्थल सुनसान प्रायः रहेको बताए। उनले भने, “लकडाउनमा उडान नभए पनि विमानस्थल सञ्चालनमा छ, चीनबाट जहाज आउने कुरा भए पनि अहिलेसम्म विमानस्थललाई कुनै जानकारी आएको छैन । केही सञ्चारमाध्यमले जहाज विमानस्थलमा अवतरण गरेर फर्किसकेको लेखेका छन् त्यसमा कुनै सत्यता छैन, हामी विमानस्थलमै सेवामा छौँ ।”
यसको मतलब अहिलेसम्म कुनै पनि जहाज विमानस्थलमा अवतरण गरेका छैनन् र अहिलेसम्म उडानको त्यस्तो योजना पनि छैन । तर पनि अन्तर्राष्ट्रिय विमानस्थल जहाजको प्रतीक्षामा छ । आपत्कालीन, कार्गोलगायत उडान हुनसक्ने विमानस्थलले जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि चीनबाट जहाज आउने कुरा भइरहेको तर कहाँबाट कस्तो जहाज आउने हो अहिलेसम्म कुनै जानकारी नभएको जानकारी दिए ।
“चीनबाट सामग्रीसहितको जहाज आउने कुरा भएको छ, कुन स्थानबाट कस्तो जहाज आउने भन्नेबारे अहिलेसम्म यकिन जानकारी आएको छैन”, उनले भने। यसैबीच सरकारले बुधबार निर्णय गरेअनुरुप स्वदेश फर्कन चाहने विदेशी नागरिकलाई नेपालको परराष्ट्र मन्त्रालयको समन्वयमा पहल भइरहेको बताइएको छ । सरकारको निर्णयअनुरुप विदेशी नागरिकलाई सम्बन्धित मुलुकमा पठाउनका लागि यहाँस्थित विदेशी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेको महानिर्देशक पोखरेलले बताए । सम्भवतः त्यस्ता नागरिकलाई यसैहप्ताभित्र विदेश पठाउने पहल भइरहेको र प्राधिकरणले अन्य सरोकार भएका निकायसँगको समन्वयका आधारमा यसैसाताभित्र उनीहरुलाई विदेश फकाउनेछ ।
महाप्रबन्धक पोखरेलले भने “विदेशीले आफ्ना नागरिक लैजान चाहेमा यहाँको परराष्ट्र मन्त्रालयसँगको पहलमा त्यस्तो प्रक्रिया अघि बढ्छ, नेपालस्थित राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेका छन् यो हप्ताभित्र त्यस्तो उडान हुनसक्छ ।” कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको थियो । आपत्कालीन अवस्थामा सरकारले विशेष निर्णय गरेमा अर्थात् उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरेमा आपत्कालीन उडान हुनेछ । यसअघि कोभिड –१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले यही चैत ९ गते मध्यरातिदेखि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: