Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

मधेशमा किन बढ्दै छ शृंखलाबद्ध हत्या ? के गर्दै छ प्रहरी ?

खबरडबली संवाददाता

जनकपुरधाम । मधेशका जिल्लाहरू पछिल्ला दिनमा एकपछि अर्को जघन्य हत्याका घटनाले तर्सिएका छन्। ४८ घन्टाभित्र सिरहा, महोत्तरी र बारामा भएका तीन फरक प्रकृतिका हत्याले स्थानीयमा असुरक्षाको गहिरो भावना पैदा गरेको छ। चुनावी माहोल तातिएको बेला भएका यी घटनाले प्रश्न उठाएको छ । मधेश किन यति हिंसात्मक बन्दैछ ? र, यसलाई रोक्न प्रहरी  के गर्दैछ ?

१६ माघ दिउँसो सिरहा नगरपालिका–१ मा आफ्नै खेत जोतिरहेका ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात समूहले दुई राउन्ड गोली प्रहार गर्‍यो । एक गोली छातीमा, अर्को पिठ्युँमा लाग्यो र घटनास्थलमै मृत्यु भयाे । डेढ घण्टापछि मात्र प्रहरीलाई खबर पुग्यो। न प्रत्यक्षदर्शी बोले, न शंकास्पद व्यक्ति चिनियो । सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पाल डर, मौनता र प्रमाण अभावले अनुसन्धान कठिन बनेको स्वीकार्छन् ।

त्यसको केही घण्टाअघि, महोत्तरीको गौशालामा ७३ वर्षीया रासोदेवी यादव उखुबारीमा मृत फेला परिन् । निर्वस्त्र अवस्थामा भेटिएको शवले आशंका थपेको छ। तर पोस्टमार्टम रिपोर्ट नआएसम्म प्रहरी मुख खोल्न चाहँदैन । ‘ठोस प्रमाण भेटिएको छैन,’ महोत्तरीका डीएसपी शैलेन्द्र भट्ट भन्छन्।

माघ १४ कै मध्यराति बाराको परवानीपुरमा भने पारिवारिक द्वन्द्वको क्रूर रूप देखियो। जगरुक मण्डलको घरमा घुसेको समूहले अन्धाधुन्ध हतियार प्रहार गर्दा आमा–छोराको विभत्स हत्या भयो । प्रारम्भिक अनुसन्धानले विवाहेत्तर सम्बन्ध र पारिवारिक तनावलाई कारण देखाएको छ । बुहारी मनिता र उनका कथित प्रेमी धर्मेन्द्र महतो पक्राउ परेका छन्।

यी तीन घटना आपसमा असम्बद्ध देखिए पनि एउटा साझा धागो छ । हिंसाको सहजता, सामाजिक मौनता र अनुसन्धानको चुनौती।

तथ्यांकले के भन्छ?

मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक झन् भयावह छ। चालु आर्थिक वर्षको ६ महिनामै ५६ हत्या। मृतकमध्ये २६ पुरुष, १८ महिला, १२ बालबालिका। जिल्लागत रूपमा सप्तरी (१३) अगाडि, धनुषा र सिरहा (९/९), रौतहट (८), पर्सा (६), महोत्तरी र सर्लाही (४/४), बारा (३)।

अघिल्ला वर्षहरू हेर्दा प्रवृत्ति झन् स्पष्ट हुन्छ । याे भन्दा अघिल्ला वर्षहरुमा  आर्थिक वर्ष २०७९/०८० मा  १०९ जनाकाे हत्या भएकाे देखिन्छ । यसैगरी  आर्थिक वर्ष २०८०/०८१ मा  १२७ जनाकाे हत्या र आर्थिक वर्ष २०८१/०८२मा  ९९ हत्या भएकाे प्रहरीकाे तथ्याङ्क रहेकेा छ । संख्या घटबढ भए पनि स्तर उच्च नै छ।

किन बढ्दैछ हिंसा?

प्रहरी अधिकारीहरू अनौपचारिक रूपमा भन्छन्—पारिवारिक विवाद, आपसी रिसइबी, लागुऔषध, सामाजिक सञ्जालबाट उक्सिने द्वन्द्व, अवैध हतियारको पहुँच र समुदायको ‘नबोल्ने’ संस्कारले अपराधीलाई सहज बनाइरहेको छ। धेरै घटनामा प्रत्यक्षदर्शी हुँदाहुँदै पनि बयान आउँदैन। डर छ, अविश्वास छ, र कतै–कतै अपराधीसँग सामाजिक निकटता पनि।

के गर्दैछ प्रहरी?

मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी कमल थापा यी घटना राजनीतिक नभएको बताउँछन्। तर चुनौती स्वीकार्छन् । प्रमाण संकलन, साक्षी संरक्षण र समुदायको सहयोगबिना अनुसन्धान सुस्त हुन्छ। हाल प्रहरी टोलीहरू संवेदनशील क्षेत्रमा गस्ती बढाइरहेका छन्, सादा पोशाकमा निगरानी, आपराधिक सञ्जालको प्रोफाइलिङ र शंकास्पद व्यक्तिको ट्र्याकिङ गरिरहेको दाबी छ। तर प्रश्न उही छ—घटना भएपछि सक्रियता कि घटना हुनुअघि रोकथाम?

चुनावी सन्दर्भ र भय

चुनाव नजिकिँदै गर्दा यस्ता घटना भय–त्राससँग जोडिएर हेरिन्छन्। प्रहरी भने राजनीतिक सम्बन्ध अस्वीकार गर्छ। तर सर्वसाधारणको मनमा असुरक्षाको भावना चुनावी सहभागितामै असर पार्न सक्ने देखिन्छ।

मधेशमा हत्या अब ‘एक्लो घटना’ जस्तो लाग्न छाडेको छ। यो सामाजिक, मनोवैज्ञानिक र सुरक्षात्मक संकटको संकेत हो। प्रहरी अनुसन्धानमा छ, तर समुदाय मौन छ। जबसम्म डरभन्दा विश्वास बलियो हुँदैन, अपराधीभन्दा कानुन शक्तिशाली देखिँदैन । यस्ता शृंखलाबद्ध हत्याले मधेशलाई तर्साइरहनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुप्रा खोलाबाट सिंहदरबारसम्म: गिटी कुट्दै हुर्काएकी छोरी मन्त्री बन्दा आमाबुवाको आशा

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...

युवाको उदय : सत्तामा पुस्तान्तरणको ऐतिहासिक क्षण

काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग, ‘प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending