काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सामग्रीलाई नियन्त्रण गर्न निर्वाचन आयोगले टिकटकसँग औपचारिक समझदारी गरेको छ। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन लक्षित गर्दै दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारीपत्रमा हस्ताक्षर गरे। कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, साथै आयोगका सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो।
निर्वाचनको माहोल तातिँदै जाँदा टिकटकसहित सामाजिक सञ्जालमा अपुष्ट दाबी, भ्रामक भिडियो र गलत सन्देश तीव्र रूपमा फैलिन थालेपछि आयोगले प्लेटफर्मसँग प्रत्यक्ष समन्वय गर्ने कदम चालेको हो। समझदारीमार्फत निर्वाचनसम्बन्धी भ्रामक सामग्री पहिचान, निगरानी र हटाउने प्रक्रियामा सहकार्य गरिने जनाइएको छ।
आयोगका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रभावलाई ध्यानमा राख्दै डिजिटल प्लेटफर्महरूसँगको सहकार्य अब निर्वाचन व्यवस्थापनको महत्वपूर्ण पाटो बन्दै गएको छ। यस समझदारीले मतदातालाई सही सूचना पुग्ने र गलत प्रचारबाट जोगिने वातावरण बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: