Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई सुर्खेतमै उत्पादन गर्न थालियो

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण तथा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को सुर्खेतमै उत्पादन शुरु गरिएको छ । कर्णालीका सबै स्वास्थ्य संस्थाहरुमा पीपीईको अभाव भइरहेका बेला वीरेन्द्रनगरमा सञ्चालित मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले यसको उत्पादन शुरु गरेका हुन् ।

पीपीईको अभावमा स्वास्थ्यकर्मीहरु कोरोना आशङ्कित बिरामीसँग संसर्ग गर्न डराउनुपर्ने अवस्थाले स्वास्थ्य संस्थाको सम्पर्कमा आएका ज्वरोका बिरामीलाई औषधि दिएर मात्र पठाउने गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काठमाडौँमा हालसम्म उपलब्ध नभएको र विदेशबाट आउन समय लाग्ने भएकाले स्थानीयस्तरमै पीपीई तयार गर्न निर्देशन दिएको हो ।

सामाजिक विकासमन्त्री दल रावल र प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा नवराज केसीसँग समन्वय गरेर पीपीई उत्पादन शुरु गरेको गार्मेन्ट सञ्चालकले जनाएका छन् । मुनाल गार्मेन्टका सञ्चालक भानुभक्त खड्काले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले प्रयोग गर्ने गरी तत्काललाई दुई हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) तयार गरिरहेको जानकारी दिए । लकडाउनका कारण कच्चा पदार्थ ढुवानीमा समस्या भएको उनको भनाइ छ । “हालसम्म २०० थान तयार गरिसकेका छौँ, प्रदेश अस्पतालका चिकित्सकको निर्देशनमा शतप्रतिशत गुणस्तरीय पीपीई तयार गर्दैछौँ”, सञ्चालक खड्काले भने । नेपाली सेनाका लागि आएको पीपीईको नमूना हेरेर कालिगडले स्वास्थ्यकर्मीका लागि पीपीई तयार गरिरहेका छन् ।

प्रदेश अस्पतालका चिकित्सक डा केसीले पीपीई नहुँदा स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर कोरोना भाइरसको सम्भावित सङ्क्रमण जाँच गरिरहेको बताए । यसअघि सुर्खेत उद्योग वाणिज्य सङ्घको सहकार्यमा तयार गरिएका केही थान पीपीई बबई नाकामा खटिएका स्वास्थ्यकर्मीलाई प्रदान गरिएको थियो । पीपीईअन्तर्गत गाउनका साथै पञ्जा, मास्क, प्रोटेक्टिभ हेडसेटलगायतका सामग्री स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक मानिन्छन्

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending