काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो यही सामान्य दृश्यले यतिबेला सामाजिक सञ्जालमा असाधारण चर्चा बटुलेको छ।
भिडियोमा कसैले उनीहरूलाई "हलो साथी हो, छाता ओढेका साथीहरू" भन्दै बोलाउँछ। तर बालबालिका भने कुनै प्रतिक्रिया नदिई आफ्नै लयमा अघि बढिरहन्छन्। यही स्वाभाविक दृश्यले लाखौँ मानिसलाई आफ्नै बाल्यकाल सम्झाइदिएको छ।
दुई दिनअघि फेसबुकमा सार्वजनिक गरिएको यो भिडियोले छोटो समयमै करोडौँ दर्शकको मन जित्यो। लाखौँ प्रतिक्रिया, हजारौँ टिप्पणी र शेयरसँगै भिडियो सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा भाइरल बनेको छ।
रोल्पाको सुर्पालबाट सुरु भएको कथा
भाइरल भिडियो रोल्पाको रुन्टीगढी गाउँपालिका–४ सुर्पालमा खिचिएको हो। भिडियो खिच्ने व्यक्ति हुन् स्थानीय लोकेन्द्र पुन (लोकेन पुन)।
उनी माइत आएकी दिदीलाई बस चढाउन टंक सुपारी स्मृति प्रतीक्षालयमा कुरिरहेका बेला वर्षाको बीचमा रेनकोट ओढेर विद्यालय जाँदै गरेका तीन बालबालिका देखेपछि भिडियो खिचेका थिए।
"झरीमा पनि रमाउँदै विद्यालय जाँदै गरेका ती बालबालिका देखेर मन छोयो। त्यसैले भिडियो खिचेर फेसबुकमा राखेँ। यति धेरैले मन पराउलान् भन्ने कल्पना नै गरेको थिइनँ," पुनले बताएका छन्।
को हुन् भिडियोका बालबालिका ?
भिडियोमा देखिएका तीनै जना बालिका हुन्। उनीहरू रुन्टीगढी–४ सुर्पालस्थित एडभान्स चाइल्ड केयर सेन्टरमा अध्ययनरत छन्।
तीमध्ये दुई जना एउटै परिवारका हुन् भने अर्की बालिका छिमेकी हुन्। उनीहरू हरेक दिन सँगै विद्यालय आउने–जाने गर्छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताले बालबालिकाको अनुहार हेर्न चाहेको प्रतिक्रिया दिएपछि पुनले अर्को दिन उनीहरूको अनुहार देखिने गरी नयाँ भिडियोसमेत सार्वजनिक गरेका थिए। तर उनले कुरा गर्न खोज्दा पनि बालिकाहरू लजाउँदै केही नबोली सिधै विद्यालयतर्फ लागेका थिए।
भाइरल भयो भिडियो, तर छुट्यो श्रेय
भिडियोले व्यापक चर्चा पाए पनि यसको मूल सर्जक भने केही निराश छन्। उनका अनुसार धेरै फेसबुक पेज र टिकटक प्रयोगकर्ताले भिडियो डाउनलोड गरेर आफ्नो नाममा पोस्ट गरेका छन्। कतिपयले त कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर परिमार्जित संस्करणसमेत बनाएका छन्।
"भिडियो धेरैले मन पराउनु खुसीको कुरा हो। तर कम्तीमा खिच्ने व्यक्तिलाई श्रेय त दिनुपर्थ्यो," पुनको गुनासो छ।
उनले आफ्नो फेसबुक पेजबाट आम्दानी हुने व्यवस्था भएको भए त्यसबाट आएको रकम ती बालबालिकाको शिक्षामा सहयोग गर्न सकिने सोच पनि रहेको बताए। "अहिले मेरो भिडियोबाट अरूले कमाइ गरिरहेका छन्, तर मूल सिर्जनाकर्ता भने खाली हेरेर बस्नुपरेको छ," उनले दुःखेसो पोखे।
सामाजिक सञ्जालमा भाइरल भएको यो १७ सेकेन्डको भिडियोले एउटा सन्देश पनि दिएको छ—कहिलेकाहीँ सबैभन्दा साधारण दृश्यले नै सबैभन्दा गहिरो भावनालाई छोइरहेको हुन्छ। तीन साना बालिकाको विद्यालय यात्रा अहिले लाखौँ मानिसका लागि बाल्यकाल, सरलता र गाउँको जीवन सम्झाउने एउटा मीठो स्मृति बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: