Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

साता दिनभित्रमा एक हजार पीपीई बनाउँछाैं

काठमाडौं । काठमाडौंका अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुले कोरोनाका बिरामीलाई जाँच गर्ने सामान्य ड्रेस पनि लगाउन पाएका छैनन् । उनिहरु अत्यन्तै जोखिमपूर्णं रुपमा बिरामीहरुको जाँच गरिरहेका छन् ।

चिकित्सकको नै स्वास्थ्यमाथि चुनौति देखिएको यस परिस्थितिमा महाबिर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले चिकित्सकले कोरोनाका बिरामी जाँच गर्दा लगाउने (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट– पीपीई) बनाउने काम सुरु गरेको छ । आविश्कार केन्द्रले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार नै पीपीईको निर्माण गरिरहेको छ । काठमाडौंका वीर, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमै अभाव देखिएको परिस्थितिलाई ध्यानमा राख्दै आविश्वकार केन्द्रले पीपीई बनाउने पहल लिएको हो ।

आज हामीले कोरोना महामारीको बेला पीपीई बनाउने जिम्मा लिएको राष्ट्रिय आकिष्कार केन्द्रसँग पीपीई निर्माणको काम कहाँ पुग्यो भनेर छोटो कुराकानी गरेका छौं । राष्ट्रिय आविश्कार केन्द्रका महाबिर पुनसँग पीपीईको निर्माणको कामबारे गरिएको छोटो कुराकानी जस्ताको तस्तै ।

चिकित्सकसँग कोरोनाका बिरामी जाँच गर्दा लगाउने पिपिई (पसर्नल प्रोटेक्टिभ इक्युपमेन्ट) नभएको चर्चा चलेसँगै तपाईंहरुले हामीले बनाउँछौं भनेर कुराकानी गर्नुभएको थियो । कहाँ पुग्दै छ पिपिई बनाउने कुरा ? कति बनाउनु भयो ?

चिकित्सकसँग कोरोनाका बिरामी जाँच गर्दा लगाउने (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट– पीपीई०को नेपालमा निकै अभाव छ । त्यहि अवस्थामा हेरेर हामीले जति सक्छौं त्यति बनाऔं भनेर काम सुरु गर्दैछौं । बल्ल केहि सामाग्री भेटाएका छौं । हिजोबाट केहि ग्रामेन्टलाई जिम्मा दिएका छौं ।

कोरोनाको त्रासको कारण अहिले काम गर्ने मान्छेहरुको निकै अभाव छ । एउटा चप्पल कारखाना र पेप्सीकोलाको एउटा उद्योगलाई केहि कामको जिम्मा दिएका छौं । त्यहाँ पनि काम गर्ने कालिगढको निकै अभाव रहेछ ।

आज अर्को पनि ग्रामेन्ट फेला पारेका छौं । त्यहाँ केहि संख्यामा काम गर्ने कालिगढ रहेछन् । हामीसँग पीपीई बनाउने कच्चा सामाग्रीको पनि निकै अभाव छ । खोज्दै छौं भेट्यौं भने त्यहाँ पनि काम सुरु हुन्छ ।

पिपिईको माग निकै छ । कति दिनमा कति थान तयार गर्न सक्नुहुन्छ ?

भर्खरै बनाउन सुरु गरेका छौं । बनाउँदै जाने हो । मेटेरियल कति पाइन्छ ठेगान छैन । अवस्था अति प्रतिकुल छ । मेटेरियल भेट्यौं भने दिनमा २० जनाले काम गर्दा २ सय जति बनाउन सकिन्छ भन्ने आकंलन गरेका छों ।

कहिलेसम्म कति तयारी पिपिई तपाईंहरुले उपलब्ध गराउने अवस्था रहन्छ ?

हामी सातादिन भित्रमा बढिमा हजारसम्म बनाउन सक्छौं कि भन्ने सोंचेका छौं । त्यति बनाउन सकेनौं भनेपनि ७/८ सय त अनिवार्य तयार गर्न सक्छौं ।

माग जताततैबाट छ ? कहाँ बढि प्राथमिकता दिएर उपलब्ध गराउनहुन्छ ?

हामी काठमाडौं वा यहिँ दिने भन्ने केहि योजनामा छैनौं । सुरुमा जो आउँछ उसैलाई नै दिन्छौं । बन्दै गर्छ हामी दिँदै गर्छौं । अहिले हामीलाई काठमाडौंका केहि ठुला हस्पिटलसहित ४०/४५ वटा जिल्लाबाट बनाईदिनको लागि अनुरोध आएको छ । अलि बढि काठमाडौंमा समस्या छ । यहाँ संक्रमितकै उपचार पनि भईरहेको छ ।

अनि यो निशुल्क उपलब्ध गराउनुहुन्छ ? पैसा पनि तोक्नुभएको छ ?

त्यो पनि सोंचिएको छैन् । अहिलेलाई राष्ट्रिय आविश्कार केन्द्रबाटै खर्च गर्छौं । कसैले पैसा दिए दिन्छन् नदिए राष्ट्रिय आविश्कार केन्द्रको खर्चबाटै उपलब्ध गराउँछौं । हामीले अहिलेसम्म निःशुल्क नै उपलब्ध गराउने सोंच गराएका छौं ।

कति परिमाणमा बनाउने सोंच्दै हुनुहुन्छ ?

त्यस्तो योजना बनाएर अहिले काम गर्न सकिने स्थिति छैन् । अहिले पिपिई बनाउने सामाग्रीको निकै अभाव छ । हामीले सामाग्री पाएसम्म बनाउन सक्छौं ।

अन्त्यमा, खास कहाँबाट कसरी पिपिई बनाउने कार्यक्रम बन्यो ?

हामीलाई केहि चिकित्सकहरुले अहिलेको समस्यालाई देखाउँदै सहयोग गर्न अनुरोध गर्नुभएको थियो । अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै हामीले केहि पहल लिनुपर्छ भनेर अघि सरेका हौं । यहाँ सरकारको वा अन्य निकायको सहयोग पनि छैन् । दिए स्वीकार गर्छौं तर आउला भन्ने विश्वासबाट काम गरेका छैनौं । यो परिस्थितिमा सबैले आफ्नो ठाउँबाट जे सकिन्छ त्यहि गरौं भन्ने हिसाबले काम गरेका छौं ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies