Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

अति समस्यामा परेको नागरीकलाई घर घरमै पुगेर खाद्यान्न सामग्री वितरण

लहान । देशव्यापी लकडाउनका कारण समस्यामा परेका अति विपन्न नागरिकलाई घर घरमै पुगेर सिरहाको मिर्चैया नगरपालिकाले आजदेखि राहतस्वरुप खाद्यान्न वितरण शुरु गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनका कारण दैनिक छाक टार्नसमेत समस्यामा परेका अति विपन्न नागरिकको तथ्याङ्क सङ्कलन गरी नगरपालिकाले घर घरमै पुगेर राहतस्वरुप खाद्यान्न सामग्री वितरण गर्न शुरु गरेको हो ।

आज पहिलो दिन वडा नं ६ का अति विपन्न २५ परिवारलाई प्रतिपरिवार १५ किलो चामल, दुई केजी दाल, दुई केजी आलु, दुई केजी चिउरा, एक केजी नून, आधा लिटर खाने तेल, एउटा नुहाउने साबुनका दरले घर घरमै पुगेर वितरण गरेको मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवले जानकारी दिए ।

नगरपालिकाका १२ वटै वडाका अति विपन्न ५०० परिवारलाई घर घरमै पुगेर खाद्यान्न सामग्री वितरण गर्ने प्रमुख यादवले बताए । यस्तै सिरहाको विष्णुपुर गाउँपालिकाले घर घरमा साबुन, मास्क र सेनिटाइजर वितरण गरेको छ । गाउँपालिकाको सबै वडामा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन मास्क, सबानु र सेनिटाइजर वितरण गरेको गाउँपालिका अध्यक्ष जागेश्वर यादवले जानकारी दिए ।

यस्तै सिरहा नगरपालिका–१७ ले आज बिहान वडा क्षेत्रभित्र लामखुट्टे मार्ने विषादी छर्केका छन् । बढ्दो गर्मीसँगै लामखुट्टेको प्रकोप बढेपछि विषादी छर्केको हो ।

यसैबीच लकडाउनको पाँचाँै दिन आज पनि बिहानैदेखि सिरहाको लहान, गोलबजार, मिर्चैयालगायत मुख्य बजार सुनसान छन् भने चोकचोकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE