ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर डिम्ब झिकिएको आरोप सार्वजनिक भएको छ। यस घटनाले आईभीएफ सेवा, नियामक निकाय र अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ।
पीडित किशोरीका अनुसार कक्षा ११ मा अध्ययनरत रहँदा उनलाई सुरुमा आफ्नै साथीले "डिम्ब दिँदा केही हुँदैन, पैसा पनि आउँछ" भन्दै फकाएकी थिइन्। त्यसपछि उनलाई एक बिचौलियामार्फत सम्पर्क गराई ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी आईभीएफ पुर्याइएको दाबी गरिएको छ।
किशोरीले आफूलाई पहिले इन्जेक्सन लगाएर डिम्ब विकास गराइएको र त्यसपछि असार १४ गते डिम्ब निकालिएको बताएकी छन्। डिम्ब झिकिएपछि भने शरीरमा गम्भीर समस्या देखिएको, कमजोरीले ढल्ने अवस्था आएपछि परिवारले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर उपचार गराएको जनाएको छ।
किशोरीका अनुसार सुरुमा ५० हजार रुपैयाँ दिने आश्वासन दिइए पनि अन्ततः ३० हजार रुपैयाँ मात्र दिइयो। उपचारमा ठूलो खर्च भएपछि आफू आर्थिक र शारीरिक दुवै रूपमा पीडित बनेको उनको गुनासो छ।
घटनापछि परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएको छ। प्रहरीले लमजुङ घर भई ललितपुर बस्ने २१ वर्षीया राधिका गोतामेलाई मानव बेचबिखनसम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ।
तर पीडित पक्षले डिम्ब झिक्ने चिकित्सक र सम्बन्धित क्लिनिकमाथि तत्काल कारबाही नभएको भन्दै प्रश्न उठाएको छ। प्रहरीले भने प्रमाण सङ्कलनको काम भइरहेको र संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।
यो घटनाले गत वर्ष सार्वजनिक भएको डिम्ब तस्करी प्रकरण पुनः चर्चामा ल्याएको छ। त्यतिबेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विभिन्न क्लिनिकसँग सम्बन्धित सात जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। तर तत्कालीन महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उक्त निर्णय विवादमा परेको थियो।
त्यसपछि सरकारले आईभीएफ सेवालाई व्यवस्थित बनाउन 'निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२' जारी गरेको थियो। मापदण्डले डोनरको उमेर २० देखि ३५ वर्ष हुनुपर्ने, स्वास्थ्य परीक्षण अनिवार्य हुने र १७ वर्षीया नाबालिकाबाट डिम्ब संकलन गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ।
यद्यपि अहिले सार्वजनिक भएको घटनाले कानुन बने पनि कार्यान्वयन प्रभावकारी छ कि छैन भन्ने प्रश्न फेरि उठाएको छ। हाल प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ भने आरोपहरूको अन्तिम सत्यता अनुसन्धान र न्यायिक प्रक्रियाबाट नै टुंगो लाग्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: