काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटा र आफूलाई पत्रकार बताउने ऐश्वर्या कुँवरबीच भएको विवादको भिडियो भाइरल भएपछि पत्रकारिताको परिचय दुरुपयोग भइरहेको विषय फेरि चर्चामा आएको हो।
करिब ९ मिनेट १० सेकेन्ड लामो भिडियोमा दुवै पक्षबीच सुरुमा भनाभन भएको र त्यसपछि धक्कामुक्कासम्मको अवस्था सिर्जना भएको देखिन्छ। भिडियोमा पत्रकार दाबी गर्ने कुँवरले वडाध्यक्ष देवकोटालाई धक्का दिएको दृश्य पनि देखिन्छ।
घटनापछि प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको थियो। त्यसलगत्तै नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पनि उनलाई निलम्बन गर्ने निर्णय गरेको छ।
यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—के पत्रकारिताको परिचय केही व्यक्तिका लागि प्रभाव देखाउने, धम्क्याउने वा व्यक्तिगत दबाब सिर्जना गर्ने माध्यम बन्दै गएको हो?
पछिल्ला वर्षहरूमा विभिन्न स्थानमा माइक, बुम वा क्यामेराको आडमा आफूलाई पत्रकार भन्दै सार्वजनिक पदाधिकारी, कर्मचारी, व्यवसायी वा सर्वसाधारणमाथि दबाब दिने, धम्क्याउने वा विवाद सिर्जना गर्ने घटनाहरू बेला–बेला सार्वजनिक हुँदै आएका छन्। यस्ता गतिविधिले जिम्मेवार र व्यावसायिक पत्रकारिताको छविमाथि समेत नकारात्मक असर पार्ने सरोकारवालाको भनाइ छ।
पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण अंग भए पनि त्यसको नाममा हुने दुरुपयोगलाई समयमै नियन्त्रण गर्नुपर्ने आवाज पनि बलियो बन्दै गएको छ। सञ्चार क्षेत्रका जानकारहरूका अनुसार पत्रकारिताको परिचय कुनै व्यक्तिलाई कानूनभन्दा माथि राख्ने साधन होइन, बरु उच्च नैतिकता, जिम्मेवारी र उत्तरदायित्वको प्रतीक हुनुपर्छ।
कञ्चनपुरको पछिल्लो घटनाले व्यक्तिगत व्यवहार र पत्रकारिताको पेशागत मर्यादाबीचको सीमारेखाबारे फेरि एकपटक गम्भीर बहस सुरु गराएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - २२:३४
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...
श्रावण ७ गते, २०८३ - २२:२७
काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...
श्रावण ७ गते, २०८३ - २२:०४
ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...
श्रावण ७ गते, २०८३ - २१:५४
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...
श्रावण ७ गते, २०८३ - २१:५३
तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...



प्रतिकृया लेख्नुहोस्: