Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

राधिकाविरुद्ध अभियान चलाएकी वेदिकाले ‘प्रमाण छ’ भनिन् तर देखाउन सकिनन्

खबरडबली संवाददाता

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी साइबर अपराधको आरोपमा पक्राउ परेकी छन्।

साइबर ब्यूरोले राधिका दासीको उजुरीका आधारमा केसीलाई पक्राउ गरेको हो। अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

वेदिकाले सामाजिक सञ्जालमार्फत राधिकाको अघोषित श्रीमान् रहेको, काठमाडौं र भारतमा घर बनाएको, कथावाचनबाट उठेको रकम हिनामिना गरेको लगायतका आरोप सार्वजनिक रूपमा लगाउँदै आएकी थिइन्। उनले आफूसँग ती आरोप पुष्टि गर्ने पर्याप्त प्रमाण रहेको दाबी गरे पनि हालसम्म कुनै प्रमाण सार्वजनिक गर्न सकेकी छैनन्।

उता राधिका दासीले भने आफूविरुद्ध फैलाइएका सबै आरोप निराधार र मनगढन्ते भएको बताउँदै सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानसँग जोडिएका स्रोतका अनुसार राधिकाले जाहेरी दिए पनि वेदिकालाई थुनामा नराखी सहमतिमार्फत विवाद समाधान गर्ने इच्छा व्यक्त गरेकी थिइन्। तर, साइबर अपराध फौजदारी प्रकृतिको कसुर भएकाले उजुरी दर्ता भएपछि प्रहरी स्तरमा मिलापत्र गराउन नमिल्ने जानकारी उनलाई दिइएको बताइएको छ। त्यसपछि उनले सरकारी वकिलको कार्यालयमा पनि आफ्नो धारणा राखेको स्रोतको भनाइ छ।

प्रहरीले अनुसन्धानका लागि १० दिन म्याद थपको माग गरेको थियो। तर अदालतले प्रारम्भिक रूपमा एक दिन मात्रै थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अब शुक्रबार फेरि उनलाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा उपस्थित गराइनेछ र प्रहरीले पुनः १० दिनको म्याद माग गर्ने तयारी गरेको छ।

यद्यपि, साइबर ब्यूरोका अधिकारीहरू थप म्याद स्वीकृत हुनेमा ढुक्क छैनन्। यदि अदालतले म्याद थप नगरेमा वेदिकालाई आफन्तको जिम्मामा हाजिर जमानीमा रिहा गर्नुपर्ने अवस्था आउन सक्छ।

हाजिर जमानीमा छुटे पनि उनीविरुद्धको अनुसन्धान र अदालतको प्रक्रिया भने जारी रहनेछ। अनुसन्धानका क्रममा प्रहरीले बोलाएको बेला उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ। उपस्थित नभए पुनः पक्राउ गर्न सकिने व्यवस्था पनि रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुनको महाविनाश: असममा बाढीले ४१ जनाको ज्यान लियो, ९ लाखभन्दा बढी प्रभावित

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...

माइकको आडमा बढ्दो दादागिरीमाथि प्रश्नः ‘पत्रकार’को परिचय कि धम्कीको हतियार ?

काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...

रोकिएन डिम्ब तस्करी : पुरानो विवाद सेलाउन नपाउँदै नयाँ प्रकरण सार्वजनिक

ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...

राधिकाविरुद्ध अभियान चलाएकी वेदिकाले ‘प्रमाण छ’ भनिन् तर देखाउन सकिनन्

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...

विद्यालयको क्यान्टिनमा ग्यास लिक भएर आगलागी, एलकेजीका चार बालिका घाइते

तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending