काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघले कोरोना महामारीविरुद्व लड्न आफ्ना नेता तथा कार्यकर्तालाई विशेष निर्देशनसहितको परिपत्र जारी गरेको छ । संघले सोमबार ६ बुँदे निर्देशन जारी गर्दै कोरोनाविरुद्वको अभियानमा सहभागि हुन नेता तथा कार्यकर्तालाई निर्देश गरेको छ ।
राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडेलद्वारा संयुक्त जारी परिपत्रमा सरकार तथा स्थानिय प्रशासनको अभियानमा सहयोग गर्न आग्रह गरिएको छ ।
६ बुँदे परिपत्रमा नेता तथा कार्यकर्तालाई सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयनमा सहयोग गर्न निर्देशन गरिएको छ । परिपत्रमा आम नागरिकलाई घरमै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न उत्प्रेरित गर्न आह्वान गरिएको छ ।
विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको परिपेक्षमा युवा संघले आफ्ना नेता तथा कार्यकर्तालाई विदेशबाट आएका व्यक्तिको लगत संकलन गर्न र स्थानीय सरकारलाई जानकारी गराउन आग्रह गरेको छ । युवासंघले लकडाउनको कारण समस्यामा परेका श्रमिक वर्गलाई राहतको सहजीकरण मिलाउन पनि नेता तथा कार्यकर्तालाई निर्देश गरेको छ ।
६ बुँदे परिपत्रमा कोरोना संक्रमणसम्बन्धी चेतनामुलक प्रचार गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरिएको छ ।
यस्तो छ राष्ट्रिय युवा संघद्वारा जारी परिपत्र
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: