Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोभिड -१९ नियन्त्रणका लागि सातै प्रदेशमा सामग्री

काठमाडौ । सरकारले कोभिड १९ रोकथामत था नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण समेत पठाइएको जानकारी दिए ।

उनका अनुसार कर्णाली र सुदूर पश्चिमबाहेक हेलिकप्टरबाट विराटनगरमा सामान गइसकेको छ भने अन्य प्रदेशमा आज स्थलमार्गबाट सामान लिएर गाडी हिँडिसकेका छन् । आइतबार बिहान चीनबाट कोराना रोकथामका लागि औषषिजन्य सामग्री आएको थियो । कर्णाली प्रदेशको सुर्खेतमा नेपाली सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ । सोही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढी पनि सामान लगेको छ ।

सरकारले सातै प्रदेशमा प्रयोगशाला संचालन गरेर त्यहीँ नै कोभिड १९ परीक्षण गर्नेछ । यसअघि काठमाडौँमा मात्र नमूना परीक्षण हुने गथ्र्यो । आइतबारदेखि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा नमूना परीक्षणको काम शुरु गरिएको छ । प्रदेशस्तरमा रहेका अस्पतालका प्रयोगशालाको स्तर वृद्धि गरी सञ्चालन सम्भाव्यताका लागि विज्ञको टोली पनि पठाइसकिएको स्वास्थ्यमन्त्रीका स्वास्थ्यविज्ञ डा खेम कार्कीले जानकारी दिए ।

प्रदेशका प्रयोगशालाको स्तर वृद्धिसँगै चीनबाट ल्याइएका आवश्यक ठाउँमा बोक्न सकिने यन्त्र (प्रोटेबल पिसिआर मेशिन)पनि विकल्प (ब्याकअप)का लागि पठाइने उनले जानकारी दिए । उनका अनुसार सबै प्रदेशमा पठाइएका सामग्रीमा व्यक्तिगत सुरक्षा कवच –पिपिई) एकएक हजार थान, सर्जिकल मास्क १०÷१० हजार थान, पञ्जा दुईदुई जार थान तथा एन९५ मास्क एकएक हजार थान पठाइएका छन् ।

मन्त्रालयको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सातै प्रदेशमा कोभिड १९ को नमूना परीक्षणका लागि प्रदेशमा प्रयोगशाला विज्ञ खटाएको छ । मन्त्रीका स्वास्थ्यविज्ञ डा। कार्कीका अनुसार प्रयोगशाला विज्ञका रुपमा प्रदेश २ को जनकपुरमा सुरेन्द्र मधुप, डा। निराजन भुसाल र विवेक तिमिल्सेनालाई पठाइएको छ ।

यस्तै वाग्मती प्रदेशको हेटौँडामा विष्णु उपाध्याय र निर्मल आचार्य, गण्डकी प्रदेशको पोखरामा प्रयोगशाला विज्ञका रुपमा बलराम गौतम, श्रीराम बाँस्तोला र रोजी पाण्डे, प्रदेश नं ५ को बुटवलमा प्रयोगशाला विज्ञका रुपमा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई पठाइएको छ । नेपालगञ्जमा रामकृष्ण श्रेष्ठ तथा कर्णाली प्रदेश सुर्खेत र सुदूरपश्चिम प्रदेश धनगढीको प्रयोगशाला विज्ञका रुपमा क्रमशः डा महेन्द्रप्रसाद भट्ट र सुनिलप्रसाद लेखक रहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies