Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८२ मंगलवार | 6th May, 2025 Tue
Investment bank

कोभिड–१९ एक वर्षभन्दा कम कैद तोकिएका एक सय ६९ कैदी कारागार मुक्त

काठमाडौ । कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वोच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो ।

अरु कैदीबन्दी नियमित रुपमा कैद भुक्तानीपछि छुट्ने भए पनि यी १६९ जना भने अदालतको आदेशानुसार छुटेको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभिन्न जिल्लामा रहेका आठ बाल सुधार गृहबाट ११९ बालबालिका छुटेका छन् । अरु कारागारबाट आइतबारसम्ममा ५९ जना छुटे । कतिपयले एक वर्ष कैद भुक्तानी बाँकी कैदीलाई कारागार मुक्त गर्ने भन्ने रुपमा बुझेको विभागका महानिर्देशक प्रदीपराज कर्णेलले बताए । उनले भने, “कैद नै एक वर्षभन्दा कम तोकिएकालाई मात्रै भनिएको हो र उनीहरु छुटेर घर घर गएका छन् ।”

सो आदेशानुसार फौजदारी कार्यविधि संहिताको २०७४ दफा १५५ को कार्यविधि पुर्याएर एक वर्षभन्दा कम कैद छेकिएका व्यक्तिहरुले छुट्न चाहने हो भने छुटिपाऊँ भनी कारागार प्रशासनमार्फत निवेदन दिनुपर्ने उनले बताए । कारागार प्रशासनले सम्बन्धित जिल्ला सरकारी कार्यालयमा निवेदन पठाउँछ । जिल्ला सरकारी वकिलको कार्यालयले अदालत वा न्यायिक निकायमा पठाएपछि त्यहाँको आदेशानुसार कैदी छुट्न सक्छन् ।

तीबाहेक पनि धेरै कैदीबन्दी कैद भुक्तानीपछि नियमित रुपमा छुटिरहेको महानिर्देशक कर्णेलले बताए । कतिपय कैदीबन्दी अदालतमा आइरहेका पनि छन् । नयाँ कैदीबन्दीका लागि सामान्य स्वास्थ्य परीक्षण गर्ने र आवश्यक परे क्वारेन्टाइन राखेर भित्र्याउने गरिएको उनले बताए । विभागले विभिन्न कारागारमा बिरामीलाई आवश्यक पर्दा छुट्टै राख्नका लागि क्वारेन्टाइनको समेत व्यवस्था गरेको छ । जगन्नाथदेवल (सेन्ट्रल जेल) मा नेपाल रेडक्रस सोसाइटीले १० पाल बिच्छ्याएर २० बेडको व्यवस्था गरेको छ । उनले भने, “अहिले त्यहाँ १३ जनालाई क्वारेन्टाइन राखिएको छ ।”

जगन्नाथ देवलसँगै अरु कारागारमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको छ । नख्खु कारागार परिसरमा रहेको मनोसामाजिक अस्पतालमा ‘आइसोलेसन’ श्ययाको व्यवस्था गरिएको छ । कारागारमा निर्माण सम्पन्न भए पनि हस्तान्तरण भइनसकेको महिला भवन रहेको छ । सो भवनलाई झन्डै १०० जनासम्मका लागि ‘क्वारेन्टाइन’ का रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

आठ वटा बाल सुधार गृह रहेकामा तीनमा पनि क्वारेन्टाइन निर्माण भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका विभिन्न कारागारमा पनि प्रदेश सरकार र स्थानीय तहको सहयोगमा ‘क्वारेन्टाइन’ निर्माण भइरहेको महानिर्देशक कर्णेलले बताए । कारागार बढी मानिस एकै ठाउँमा बसोबास गर्ने ठाउँ भएकाले जोखिम हुने भन्दै विभागले आवश्यक तयारी गरिरहेको छ । जगन्नाथ देवलमा रहेको कारागार अस्पताललगायत कारागारमा रहेको स्वास्थ्य विभागलाई आवश्यक परीक्षण गरेर मात्रै नयाँ कैदीलाई भित्र प्रवेश गराउन भनिएको उनले बताए । उनले भने, “कारागारमा प्रवेश गर्ने जोकोहीको परीक्षण गर्न हामीले भनेका छौँ ।”

विभागले त्यसका लागि कारागार प्रशासनलाई विभिन्न स्वास्थ्य सामग्री आवश्यक भएको गृह मन्त्रालयलाई जानकारी गराएको छ । कैदीबन्दी र कार्यरत कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण हुन नदिन स्वास्थ्य परीक्षण र उपचारका लागि आवश्यक सामग्रीको माग गरिएको हो । विभागले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि कैदीबन्दीको बाहिरी भेटघाट रोकेको छ । सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै बाहिरी भेटघाट रोकिएको महानिर्देशक कर्णेलले जानकारी दिए।

कारागारमा कार्यरत प्रशासनका कर्मचारी र कैदीबन्दी सबैलाई हात धुनका लागि आवश्यक साबुनपानीको व्यवस्थापन गरिएको छ । उनीहरुलाई सजग बनाउने काम भइरहेको उनले बताए । कैदीबन्दीमध्ये कतिपय दीर्घरोगी पनि छन् भने कतिलाई अरु स्वास्थ्य समस्या आउन सक्छ । तीनलाई कारागार भित्रै रहेको विभागले पहिलो चरणमा उपचार गर्ने र थप उपचार आवश्यक भएमा जिल्ला अस्पताल वा प्रादेशिक अस्पताप लैजाने गरिएको छ । उनले भने, “नियमित उपचार र औषधिमा कमी हुन दिइएको छैन ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending