Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पोखरीया अस्पतालमा आइसोलेशन कक्ष सञ्चालन

पर्सा पर्साको पोखरीया अस्पतालमा स्थापना गरिएको आइसोलेशन कक्ष सञ्चालनमा आएको छ ।

राष्ट्रिय । जनता पार्टीका सह-महासचिव एवम् समाजसेवी निजामुद्दीन समानी र उद्योगी सत्यनारायण क्यालले आइसोलेशन कक्ष सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराएपछि बुधवारदेखि सो कक्ष सञ्चालनमा आएको हो ।

उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) १० थान, सेनिटाइजर, मास्क, ग्लोव्स र ज्वरो नाप्ने थर्मल गन रहेका छन् । उक्त सामग्री अस्पतालका चिकित्सक अनिल यादवलाई हस्तान्तरण गरिएको थियो ।

आइसोलेशन कक्ष स्थापना भएपनि चिकित्सकले पिपीइको अभावमा कोरोना भाइरसका सम्भावित सङ्क्रमितलाई जाँच गर्न नसकिने बताएपछि सो कक्ष सञ्चालनमा आएको थिएन ।

सो अवसरमा महासचिव समानीले विभिन्न सहयोगीदाताको सहयोग लिएर कोरोना भाइरस सङ्क्रमितको चेकजाँचमा कुनै प्रकारको बाधा अवरोध नहोस् भन्ने उद्देश्यले आवश्यक सामग्री सहयोग गरेको बताए ।

कार्यक्रममा पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियार र उपप्रमुख सलमा खातुनले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक गृह कार्यमा जुटेको जानकारी दिए ।

पोखरीया नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जिल्ला उच्चाङ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालय पोखरीयामा नौ शय्याको क्वारेन्टाइन र पोखरीया अस्पतालमा तीन शय्याको आइसोलेशन कक्ष स्थापना गरिएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies