काठमाडौं । कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई घरबाट निकालेकी छिन् । नियमित डायलाइसिस गर्नुपर्ने तनहुँका ४६ वर्षीय बुद्धिराज गुरुङलाई गत शुक्रबार घरबेटी शशी थमालले कोठाबाट निकालेकी हुन् ।
आजको नयाँपत्रिका दैनिकमा खबर छ - अस्पताल जाँदा–आउँदा कोरोना सल्किने भन्दै डेरा छाड्न बाध्य पारेको पीडित गुरुङले बताए । ‘सातामा दुईपटक नियमित डायलाइसिस नगरे ज्यानै तलमाथि हुन्छ, तर घरबेटीले अस्पताल नजानू, नत्र घर छाड्नू भनेर मानसिक तनाव दिनुभयो,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘डायलाइसिसका लागि डेरा छाड्नुपर्यो ।’
शशीको घरमा गुरुङका सालीका परिवार बस्थे । एक वर्षदेखि उनी सालीकै परिवारसँग बसेर धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा डायलाइसिस गराउँदै आए । तनहुँमै घरपायक पारेर डायलाइसिस गराउने प्रयास असफल भएपछि बाध्यताले उनी सालीको परिवारको शरणमा आइपुगेका थिए । गाडी बन्द हुँदा गुरुङलाई साढुले नै स्कुटीमा राखेर अस्पताल लैजाने ल्याउने गर्थे । तर, घरबेटीले साली र साढुलाई नै धम्क्याएपछि आफू कोठा छाडेर निस्किन बाध्य भएको गुरुङले बताए ।
‘सुरुमा सालीलाई कराएको सुनेँ, मन कटक्क खायो । जसको शरणमा म बस्दै आएँ, उनीहरूलाई मेरै कारण दुःख दिन हुन्न भन्ने लाग्न थाल्यो । पछि मलाई पनि सीधै कराउन थाले, अनि डेरा छाडेर निस्किएँ,’ उनले भने, ‘लकडाउनअघि श्रीमती पनि आएकी थिइन् । दुई साता बसेपछि तनहुँ पठाइदिएँ । तीनजना बच्चा छन्, उनीहरूको रेखदेख पनि गर्नैपर्यो । तर, लगत्तै मैमाथि यत्रो आपत् आइलाग्यो ।’
मिर्गौलाले काम गर्न छाडेपछि एक वर्षदेखि नियमित डायलाइसिसमा छु । तनहुँमा बसेर डायलाइसिस गराउने इच्छा थियो । तर, गरिब भएकाले बेड पाउन सकिनँ । बोलिदिने कोही भएन । बाँच्ने आशा बोकेर थानकोटमा सालीको कोठामा शरण लिन आइपुगेँ । त्यहीँबाट धापाखेलको सुमेरु अस्पतालमा नियमित डायलाइसिसमा थिएँ । बन्द हुँदा साढुको स्कुटरमा अस्पताल आउने जाने गर्थेँ, सजिलै भएको थियो । तर, आज घरबेटीका कारण चिसो छिँडीमा आइपुगेको छु । ‘कि अस्पताल नजानू, कि डेरा छाड्नू’ भनेपछि मैले बाँच्नका लागि डेरा छाडेँ । मेरा कारण घरबेटीले साली र साढुको पनि मन दुखाएका छन् । सालीको डेरामा बस्नु मेरो रहर थिएन, बाध्यता थियो । नियमित डायलाइसिसविना बाँच्न सक्दिनँ । एम्बुलेन्समा आउजाउ गर्न पैसा छैन । मैले के गरुँ रु
घरबेटी शशी आफूले घर र अस्पताल गर्दा जोखिम हुन्छ भनेको, तर घर छाडेरै जान नभनेको बताउँछिन् । ‘घर र अस्पताल गर्दा जोखिम हुन्छ, एम्बुलेन्समा आउजाउ गर्नु भनेको हो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘कोठा छाडेर हिँडेपछि रातभर हामीलाई पनि चिन्ता भयो ।’
तर, गुरुङ एम्बुलेन्समा अस्पताल जाउआउ गर्न सक्ने हैसियतका बिरामी होइनन् भन्ने शशीलाई थाहा थियो । किनभने, सालीको शरणमा बसेर उपचार गराइरहेको उनलाई थाहा थियो ।
गुरुङ अहिले सुमेरु अस्पतालको चिसो छिँडीमा पुगेका छन् । राति वेटिङ रुमको चिसो कुर्सीमा शरीर अड्याउँछन् । कसैले दिए खान पाउँछन्, नत्र भोकै बस्नुपर्छ । ‘म डेराबाट निकालिएर अस्पतालको छिँडीमा आइपुगेको छु । यो बिचल्लीमा पैसा पनि छैन । कसैले दया गरेर दिए खान पाउँछु, नत्र भोकै हुन्छु,’ गुरुङले भने ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: