Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

पूर्वराजाको सन्देशपछि चुनावविरोधी समूह सक्रिय

दुर्गा प्रसाईंका सहयोगीदेखि शाही युवा शक्तिसम्म प्रहरी निगरानीमा

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘निर्वाचनविरोधी’ अभिव्यक्तिपछि चुनाव भाँड्ने गतिविधिमा लागेकाहरूमाथि प्रहरीले निगरानी बढाएको छ । निर्वाचनका लागि सुरक्षा चुनौती ठानिएका शक्ति र व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको हो । 

दुर्गा प्रसाईंनिकट एनी टाइम फोर्स (एटिएफ)देखि शाही युवा शक्तिका व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरी स्रोत बताउँछ । त्यस्तै, मधेशी युथ फोरम नामक समूहमाथि पनि प्रहरीले अनुसन्धान थालेको छ । फेसबुक ग्रुपबाट बनेको यस्तो समूहले चुनावविरोधी गतिविधि थालेको र सामाजिक सद्भाव भड्काउने प्रयास गरेको सुरक्षा निकायको निष्कर्ष छ ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि केही समूहहरू चुनाव भाँड्न सकिन्छ कि भनेर लागेको देखिन्छ,’ एक उच्च सुरक्षा अधिकारी भन्छन्, ‘त्यस्ता सबै समूहको पहिचान गरी निगरानी र कारबाही प्रक्रिया अघि बढाइसकेका छौँ ।’ 

प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय सहमति गरेर मात्र निर्वाचनमा जानुपर्ने भन्दै निर्वाचनको विपक्षमा धारणा राखेका थिए । उनको अभिव्यक्तिपछि केही राजावादी निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सुरक्षा निकायको रिपोर्ट छ । 

प्रहरीले यही आरोपमा दुर्गा प्रसाईं, धर्मेन्द्र बाँस्तोला, ऋषि कट्टेल, एसपी साहलगायत व्यक्तिलाई थुनामै राखेर अनुसन्धान गरिरहेको छ । पशुपति खड्का, सन्तोष राजावादीलगायत व्यक्तिलाई प्रहरीले निगरानी थालेको छ । केही उग्र पहिचानवादी समूहलाई पनि चुनौतीका रूपमा राखेर प्रहरीले उनीहरूको गतिविधि नियालिरहेको छ । 

उपत्यकाबाट नौ हजार प्रहरी खटिए विभिन्न जिल्लामा थप मद्दतका लागि उपत्यकामा कार्यरत नौ हजार प्रहरी खटिएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भेला गरेर प्रहरीलाई विभिन्न जिल्लामा खटाइएको हो । उपत्यकाबाट करिब १२ हजार प्रहरी निर्वाचनमा सहयोग गर्न खटाउने निर्णय भइसकेको छ ।

कार्यालयमा अत्यावश्यकबाहेक सबै जनशक्तिलाई निर्वाचनमा परिचालन गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए । उच्च प्रहरी अधिकारीलाई पनि विभिन्न जिल्लामा अनुगमन गर्ने गरी खटाउने तयारी भइरहेको छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending