Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बिरामी प्रधानमन्त्रीबाट महामारीलाई जित्न सकिन्न, प्रधानमन्त्री फेरेर अभियान चलाउनुपर्छ

व्यवस्थापनमा सरकार निकै चुक्यो दुई तिहाई जनमतको सरकारलाई ठुला–ठुला निर्णय गर्नलाई कुनै समस्या छैन् । धेरै कामहरु गर्न सकिने अवस्था छ । तर सरकार बालुवाटारमा केहि आसेपासे र मतियारका बीचमा सीमित भएको छ । यस्तो संकटमा तुरुन्तै छलफल गर्ने, कार्ययोजना बनाउने, टिमहरु निर्माण गर्ने र परिचालन गर्ने काम हुनुपथ्र्यो । तर, सरकारले यसको पहल कदमी लिन पनि नसक्ने अवस्था बन्दै गएको छ । संक्रमितहरु देखिन थालेपछि सरकार विरोध टाल्न सामाग्री जुटाउन तर्फ लागेको छ । अहिले बिरामीहरुको अवस्था बिजोग छ । कोरोना संक्रमित नभएका बिरामीको अवस्था झन् भयाभह छ । सरकारले व्यवस्थापन गर्न नसक्दा अन्य खालका बिरामीहरु पनि अलपत्र परेका छन् । सरकार क्वारेन्टाईनमा शंस्कास्पद मानिएका बिरामीको मरेपछि स्वाब परिक्षण गर्न लागेको छ । सीमासम्म मानिसहरु आईसक्दा पनि सरकारले आफ्ना नागरिकको व्यवस्थापन गर्न सकेको छैन् । आउन नदिएर मान्छेहरु नदिमा हामफाल्ने स्थितिसम्म आएको छ । अहिले तीन तहको सरकार छ । प्रदेश र स्थानिय सरकारको भूमिका नगन्य बनाइएको छ । यहाँ सबै संघमै केन्द्रित गराउने परिपाटी बनाइएको छ । जुन–जुन प्रदेशका नागरिक हुन् त्यहि प्रदेशलाई जिम्मा लगाउने र व्यवस्थापन गर्नेभन्दा केन्द्रले जिम्मा लिने नाममा झनै भद्रगोल बनाउने तिर लागिएको देखिन्छ । यस्तो बेलामा पनि स्थानिय तहलाई भूमिका बिहिन बनाइएको छ । आवश्यक स्वास्थ्य सामाग्री प्रदेशलाई नै बजेट निकाशा गराएर खरिद गर्न सकिन्छ । केन्द्रले समन्वय गरे मात्रै पुग्छ । तर सामान पनि घाटा नाफा गरेर आफैं किन्न तिर संघका मन्त्रीहरु दौडिरहेका छन् । सामान किन्न पनि सम्बन्धित निकायलाई जिम्मा दिन मानिरहेका छैन् । के सामान किन्न रक्षामन्त्रीको छोरा र प्रधानमन्त्रीका सल्लाहकारको छोरा नै खोज्नुपर्छ ? के प्रक्रिया छैन् ? प्रधानमन्त्रीले ठाउँ छोड्नुपर्छ म स्पष्ट राख्न चाहन्छु, यस्तो बेलामा कामको समन्वय गर्न नसक्ने प्रधानमन्त्री ज्यूले राजीनामा दिएर ठाउँ छोड्नुपर्छ । केपि कमरेडले मन्त्रिपरिषदभित्रका वा पार्टीभित्रका अन्यलाई जिम्मा दिएर आफ्नो ठाउँ छोड्नुपर्छ । जसरी पनि कुर्चीमा बस्नैपर्ने र आफ्ना आसेपासे पाल्नै पर्ने जिम्मेवारी उहाँले लिनुहुँदैन् । अहिले देशलाई सक्षम र जाँगरिलो नेतृत्व चाहिएको छ । प्रदेश, स्थानीय तहलाई गतिलो समन्वय गर्न सक्ने व्यक्ति चाहिएको छ । प्रदेश र स्थानीय तहले गरेको कामको रिपोर्ट लिन नसक्ने, निर्देशन दिन नसक्ने, कार्ययोजना दिन नसक्ने नेतृत्व चाहिएको छैन् । अहिले सम्पूर्णं देशको अपडेट कहाँ के छ ? कसरी अगाडि बढ्ने ? जस्ता कुरामा तत्काल निर्णय लिन सक्ने व्यक्ति चाहिएको छ । अब के गर्ने ? प्रधानमन्त्रीले सक्ने हो भने तत्कालै प्रदेशका मुख्यमन्त्रीको बैठक डाक्नुपर्छ । सबै प्रदेशले स्थानिय निकायहरुको बैठक संक्रमित र सम्भावित संक्रमित स्पष्ट तथ्यांक ल्याउनु पर्छ । क्वारेन्टनाईमा राख्ने र उचित व्यवस्थापन गर्ने कार्ययोजना ल्याउनुपर्छ । प्रदेश स्तरमा मात्रै नभएर, विकट क्षेत्र केन्द्रित गरेर परिक्षण किटहरु उपलब्ध गराउन तिर लाग्नुपर्छ । बजेटको अभाव हुन्छ भने विकास निर्माणका कामहरु छोडेर त्यसको बजेट तानेर काममा लगाउनुपर्छ । सरकारको पहिलो प्राथमिकता जनता जोगाउने हुनुपर्छ । क्वारेन्टाईनमा राख्यौं भनेर बोरामा हालेजसरी मान्छे राखेर समाधान हुन्छ ? धार्जुचामा गरिएको व्यवहार तत्कालै सच्चाउनुपर्छ । जहाँ सुकै भएपनि नेपाली नागरिकलाई रेस्क्यु गरेर क्वारेन्टाईनमा राख्ने प्रबन्ध मिलाउनु पर्छ । कसरी गर्ने ? अहिले पार्टी शीर्ष नेतृत्वले सोंच्नुपर्ने कुरा, संकटमा नेतृत्व गर्नसक्ने व्यक्तिलाई मात्रै अगाडि ल्याउनुपर्छ । कमसेकम प्रधानमन्त्री चाहिँ फेर्नुपर्छ । मिलिजुली सरकार, सर्वदलीय सरकारको नाममा नाटक मञ्चन गरिनु आवश्यक छैन् तर अहिले प्रधानमन्त्री चाहिँ फेर्नुको विकल्प छैन् । अहिले देशलाई निरन्तर मन्त्रीपरिषद बैठक राख्न सक्ने, प्रदेशमा गएर बैठक राख्न सक्ने, निरिक्षण तथा अनुगमनमा निस्कन सक्ने, तत्कालै निर्णय लिन सक्ने सक्षम व्यक्ति चाहिन्छ । केपि ओली कमरेडसँग मेरो कुनै पूर्वाग्रह होइन, तर उहाँको स्वास्थ्य अवस्थाले गर्दा उहाँले नेतृत्व लिन सक्ने अवस्था छँदै छैन् । उहाँले रिपोर्ट लिने, निर्देशन गर्ने अवस्था छैन् । यस्तो गम्भिर बेलामा सुतेर देश चल्दैन् । यो शैली एकदमै गलत हो । अहिले पार्टीभित्र पनि अनुभवि पूर्वप्रधानमन्त्री ३/३ जना हुनुहुन्छ । उहाँहरुमध्ये जसलाई जिम्मेवारी दिँदा पनि हुन्छ । राहत अनि आपुर्ती व्यवस्थापनमा अहिलेको सरकारले कुनै निर्णय लिन सकेको छैन् । त्यसबारे तत्कालै कदम चाल्नुपर्ने छ । जनता बिहालतमा छन् ओछ्यानमा बसेर सरकार चलाउनेले त्यसको समाधान निकाल्न सक्दैन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies