Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अर्थहिन आलोचनाको पछाडि लाग्नुहुन्न, कोरोनाविरुद्व आक्रामक अभियान चलाउनुपर्छ

आलोचना अर्थहिन हामी मानव जीवनकै अत्यन्तै पीडाको कालखण्डमा छौं । अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई नै गाँजेको छ । यो सन्दर्भमा हाम्रो देशमा पनि लकडाउनको अवस्था छ । मानिसहरु जुन खालको अन्यौंलमा बाँचिरहेका छन् त्यो सन्दर्भमा सरकारप्रति गरिएका टिप्पणी स्वभाविक हुन् । सरकारले लकडाउन नगरेको भए वा सचेतनापूर्वक पहल नलिएको भए हाम्रो दुर्दशा कस्तो हुने थियो ? हामी आकंलन गर्न सक्दैन् । यसलाई गम्भिर रुपमा बुझ्न आवश्यक छ । सरकारले मुलरुपमा ठिक काम गरेको छ । जसलाई सबैले साथ समर्थन पनि जनाएका छन् । यसका बाबजुत केहि साना तिना कुरामा केहिले तुस पोखेको देखिन्छ । यो संकटको बेलामा कसैलाई मध्यावधी चुनाव चाहिएको छ त कसैलाई संयुक्त सरकार चाहिएको छ । पार्टीभित्र नै असन्तुष्टलाई केहि तुस पोख्ने अवसर मिलेको होला । प्रश्न उठ्छ, यो बेला तुस पोख्ने हो कि मानवीय क्षति हुन नदिने तर्फ पहल गर्ने हो ? जनताको मनलाई भड्काउनका लागि समस्या छैन् । तर यो बेलामा सरकारलाई अप्ठ्यारो तिर पारेर संकटलाई झन् संकटतिर पुर्याउने भन्दा समाधान तिर पहल हुन आवश्यक छ । सरकारले व्यापक रुपमा ट्रेसिङ्गको कामलाई अगाडि बढाउनु पर्छ । अहिले चीनमा केहि सहज भएको छ । यो बेलामा हामीले चीनबाट आवश्यक स्वास्थ्य सामाग्री ल्याएर कोरोनाविरुद्वको अभियानलाई कडाईका साथ अगाडि लैजान सक्छौं । विदेशबाट अनियन्त्रित ढंगबाट स्वदेश आएका मानिसहरुलाई व्यवस्थापन तिर लाग्नुपर्छ । यो बेलामा व्यापक ट्रेसिङ्ग गरेर कोरोना संक्रमित पहिचान गरिहाल्नु पर्छ । आवश्यक उपकरण जतिसक्यो छिटो ल्याएर अभियान आक्रामक रुपमा लैजानु पर्दछ । तर यहाँ समस्या मेसिन पनि ल्याउ भन्ने तर लिएर आएको कुरामा विरोध गर्ने देखिएको छ । यस्ता कुरामा सरकार अलमलिनु हुँदैन् । सरकारले सहि आलोचनालाई सुन्ने त्यसको समाधान निकाल्ने तर गलत आलोचनाको पछि लागेर समय गुजार्नु हुँदैन् । खरिद प्रकरण किन आलोचित ? संकटको बेलामा गरिने खरिद प्रक्रिया अलि फरक हुन्छ । मैंले भूकम्पको बेलामा त्यो अनुभव गरेको छु । हामीले सुरक्षा अंगहरुलाई प्रयोग गरेका थियौं । हामीले भ्रदगोलका बीच एकद्वार बनाउन खोजेका थियौं । त्यतिखेर अवस्था झनै भ्रदगोल थियो । त्यससमय भ्रदगोल गर्नेहरुले अहिले व्यवस्थित गरेको सहन नसकेर टिप्पणी गरेको होला भन्ने लाग्छ । अहिले खरिद ऐनअनुसार नै सरकारले खरिद गरेको देखिन्छ । विरोध भईसकेपछि सेनालाई जिम्मेवारी दिने निर्णयलाई आलोचना गर्नु जायज छैन् । सेना पनि सरकारको एउटा अंग हो । छिटो छरितो, विश्वसनीय र निर्वाविवादित संस्था कारण सरकारले सेनालाई जिम्मा दिएको हो । अब सरकारले कस्तो तयारी गर्नुपर्छ ? हाम्रो देशमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको छ । अहिले समुदायमै कोरोनाको संक्रमण देखिएको अवस्था छ । यो गम्भिर प्रकृतिको चुनौति हो । हामीले जति सक्यो ट्रेस र टेस्ट गर्ने कार्यलाई अगाडि बढाउनुपर्छ । यसमा हाम्रा साधन स्रोतलाई व्यापक परिचालन गर्नेतिर लाग्नुपर्छ । सरकारले र्‍यापिड टेस्ट गर्ने कुरा गरेको छ, यसलाई तत्कालै अलि संवेदनशिल मानिएको क्षेत्रमा प्रयोगमा ल्याउन आवश्यक छ । जनशक्ति पुग्दैन भने भर्ना गरेर भएपनि अगाडि बढ्नुपर्छ । यो अवस्थामा निजितर्फका स्वास्थ्य संस्थाहरुलाई पनि साथमा लिएकार काम गर्न आवश्यक छ । बाहिर रहेको जनशक्तिलाई पनि तालिम दिएर भएपनि द्रुत गतिमा परिचालन गर्नुपर्छ । सरकारले लकडाउन ठिक समयमा घोषणा गरेको छ । अब आवश्यक जनशक्तिलाई तालिम दिँदै व्यापक परिचालन गर्न तिर लाग्नुपर्छ । शंस्कास्पद बिरामीलाई तत्कालै क्वारेन्टाईनमा लैजानै व्यवस्था गर्नुपर्छ । आवश्यक सामाग्रीहरु तत्कालै व्यवस्था गर्न तर्फ लाग्नुपर्छ । हामीसँग भएका सबै उपकरणलाई प्रयोग गरेर अगाडि बढ्नुपर्छ । यो बेलामा आलोचना सुनेर अलमलिएर बस्न मिल्दैन् । सेना, सशस्त्र र प्रहरीमा रहेका सबै जनशक्तिलाई अहिले प्रयोगमा ल्याउनुपर्छ । विशेष तालिम दिएर तत्कालै फिल्डमा उतार्नुपर्छ । महंगै भएपनि आवश्यक उपकरण जुटाउन लाग्नुपर्छ । यसको विकल्प छैन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies