काठमाडौं । मकवानपुरका ३३ वर्षीय इन्द्रलाल मोक्तान लकडाउनअघि बिहान २ नबज्दै ॐ श्री इँटा उद्योगमा काम गर्न पुगिसक्थे । बिहान २ देखि मध्यान्ह १२ बजेसम्म उनी माटोलाई चौकोस ९इँटा बनाउने साँचो०मा राख्ने र इँटा बनाउने गर्थे । एक घन्टा आराम गरेर उनी फेरि बेलुका ७ बजेसम्म इँटाभट्टामै काम गर्थे । उनको यो दैनिकीमा ३० वर्षीया श्रीमती लकुमाया मोक्तान र उनका भाइबहिनीले साथ दिन्थे । नौ वर्षदेखि उनको परिवार यसरी नै चलेको छ । मोक्तानको परिवारमा भाइ, बहिनी, छोराछोरी र श्रीमती गरी पाँचजना छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दिनरात मिहिनेत गरेर उनको परिवार राम्रैसँग चलिरहेको थियो, तर कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनले अहिले भने दुई छाक टार्न मुस्किल परेको छ । उनी भन्छन्, ‘लकडाउनले पनि दुःखी गरिबलाई पीडा दियो । साहुले दिएको रकमले १० दिन छाक टर्यो । तीन चार दिनदेखि छाक टार्न मुस्किल परिरहेको छ ।’ इन्द्रलालको भनाइलाई साथ दिँदै उनकी श्रीमती लकुमाया मोक्तानले तरकारी, टमाटर, प्याज आलु केही नभएको सुनाइन् । उनले भनिन् ‘यतिका दिन भइसक्यो बन्द भएको, दालभात मात्रै खाएर बसेको । घरमा तरकारी, टमाटर, लसुन, आलु केही छैन । छाक कसरी टार्ने थाहा छैन । राहत फारम त भरेका छौँ । राहत कहिले आउने ठेगान छैन ।’
इन्द्रलालको जस्तै पीडा व्यहोरिरहेका छन्, रौतहटका ५० वर्षीय पूर्णबहादुर मोक्तान । पूर्णबहादुरको परिवारमा चारजना छन् । उनकी ४५ वर्षीया श्रीमती लकुमाया मोक्तानले (इन्द्रलालकी श्रीमती र पूर्णबहादुरकी श्रीमतीको नाम उस्तै) पूर्णलाई इँटा बनाउने काममा १२ वर्षदेखि साथ दिँदै आएकी छिन् । काँचो इँटाको टहरोमा मोक्तानलगायतका मजदुर बस्छन् । लकुमायाको पनि गुनासो उस्तै छ । उनले भनिन्, ‘खानका लागि दालचामल पनि छैन । तरकारीको जुगाड कसरी गर्ने रु साहुले दिएको रकमले हप्तादिन त चल्यो, अब के गर्ने रु भोकै बस्न सकिँदैन । घर जान पाइँदैन ।’ इन्द्रलालले केही मजदुर हिँडेरै घर गए पनि आफूहरू बन्द खुलेपछि जाने आसमा बस्दा दुःख पाएको बताउँछन् । उनले भने, ‘हामीलाई साहुले १८ चैतमा बन्द खुलेपछि घर पठाउँछु भनेका थिए । तर, बन्द झन् बढ्यो । काम पनि छैन, पैसा पनि छैन ।
ललितपुर महानगरपालिका–२२ फर्सीडोल क्षेत्रमा मात्रै चारवटा इँटाभट्टा छन् । ती उद्योगमा रौतहट, पर्सा, मकवानपुर, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सल्यान, दाङ, रुकुम, रोल्पालगायतका सरदर पाँच सय मजदुर काम गर्छन् । उद्योगका केही मजदुर गृहजिल्ला गए पनि अधिकांश काँचो इँटाले बनाएको टहरामा बस्दै आएका छन् । तर, उनीहरूसँग दालचामल, तरकारीलगायतका खाद्यान्न छैन । साहुले दिएको पैसाले केही दिन खाद्यान्न जुगाड भए पनि अब भने भोकै पर्ने अवस्थामा पुगेको उनीहरू बताउँछन् ।
खानै नपाउने अवस्था छैन, तर धेरै थेग्न सक्दैनौँ : भट्टा सञ्चालक
ॐश्री इँटा उद्योगका सञ्चालक विष्णु महर्जनले भने मजदुरहरू खानै नपाउने अवस्थामा रहेको इन्कार गरे । उनले भने, ‘मजदुरलाई हामीले खानका लागि पुग्ने रकम दिएका छौँ । भोलि पनि केही रकम दिन्छौँ । दुई–चार दिनसम्म हामी थेग्न सक्छौँ । तर, महिनौँ काम रोकिएको अवस्थामा भने समस्या पर्छ ।’ यस्तै, ललितपुर महानगरपालिका–२२ का अध्यक्ष अम्बिरराज शाक्यले भने मजदुरले राहतका लागि फारम भरिसकेकाले केही दिनमा पाउने बताए । उनले भने, ‘सरकारले इँटाभट्टाका मजदुरलाई राहत दिने निर्णय गरेको छ । त्यसैले भट्टाका मजदुरले पनि केही दिनमा राहत पाउनेछन् । वडामा रहेका इँटाभट्टाका मजदुरको नाम पाएका छौँ ।
स्थानीय सरकार राहतको फारम संकलनमै व्यस्त
ललितपुर महानगरपालिकाको राहत वितरणको अन्तिम तयारीमा छ । तर, इँटाभट्टालगायतका क्षेत्रमा काम गर्ने मजदुरलाई भने छाक टार्नै मुस्किल परेको छ । महानगरले सोमबारसम्म २५ वटा वडाको राहत फारम संकलन गरेको छ । जसअन्तर्गत २८ हजार एक सय ४४ नागरिकले फारम भरेको सामाजिक विकास समिति संयोजक दिनेश महर्जनले बताए । अन्य चारवटा वडाको फारम संकलन भएपछि राहत वितरण गरिने संयोजक कार्कीको भनाइ छ । महानगरको वडा नम्बर १५, २५, २८ र २९ मा राहत फारम संकलन जारी छ ।
प्रतिकृया लेख्नुहोस्: