काठमाडौं । लकडाउनलाई अन्त्य गर्दै आफ्ना जनतालाई पुनः काममा फर्काउन चाहिरहेका देशहरुले कोडिभ–१९ विरुद्ध खोप पत्ता नलागेसम्म नयाँ संक्रमणलाई नजिकबाट नियाल्नुपर्ने चिनियाँ अनुभवमा आधारित अध्ययनले देखाएको छ ।
चीनमा दैनिक जीवनमा गरिएको आक्रामक नियन्त्रणले कोभिड–१९ को पहिलो लहरलाई अन्त्य गरेको हङकङमा रहेका अध्ययनकर्ताहरुले बताएका छन् । तर, दोस्रो लहरको खतरा अझै रहेको
र नियन्त्रण कायम राख्नुपर्ने उनीहरुको भनाइ छ ।
‘नियन्त्रणका उपायहरुले संक्रमितको संख्यालाई न्यूनमा झार्न सफल भएको छ तर कोभिड–१९ बिरुद्ध सामुहिक इम्युनिटी ९रोग प्रतिरोधात्मक शक्ति० बिना व्यवसाय, उद्योग र विद्यालयहरु खुलेर सामाजिक घुलमिल बढ्दा संक्रमितको संख्या पुनः बढ्न सक्छ । विश्वभर महामारी फैलिरहँदा बाहिरबाट देशमा कोरोनासंक्रमित भित्र्ने खतरा उत्तिकै हुन्छ,’ अध्ययनमा संलग्न हङकङ विश्वविद्यालयका प्राध्यापक जोसेफ टी वू भन्छन् ।
चीनले एक कोभिड–१९ संक्रमित व्यक्तिले अर्को व्यक्तिलाई संक्रमित गर्ने दरलाई दुई वा तीनबाट एकभन्दा कममा झार्न सफल भएको छ । त्यही भएर त्यहाँ महामारी घट्दो क्रममा छ ।
तर, दैनिक जीवनलाई चाँडै सामान्य रुपमा अघि बढ्न दिए र नियन्त्रणका उपायहरुलाई एकैपटक हटाउने हो भने यो संक्रमणको दर पुनः बढ्न सक्ने अध्ययनकर्ताहरुको चेतावनी छ । ‘के भइरहेको छ’ भन्ने कुरालाई सरकारले नजिकबाट नियाल्नु पर्ने उनीहरुको भनाइ छ ।
‘सामाजिक दुरी र व्यवहार परिवर्तन जस्ता नियन्त्रणका नीतिहरु केही समय अझै लागू गनुपर्छ भने खोप पत्ता नलागेसम्म आर्थिक गतिविधिलाई पुनः सञ्चालन गर्ने र संक्रमणको दरलाई एकभन्दा कममा राख्नेबीचको सन्तुलनलाई पनि कायम गर्नु नै अहिले सबैभन्दा उत्तम रणनीति हुनसक्छ,’ वूले भने ।
ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित उक्त रिपोर्टलाई चीनमा फैलिएको महामारीमा आधारित गरिएको छ । उक्त रिपोर्टका अनुसार चीनमा कोरोनाभाइरस संक्रमितको मृत्यु दर १ प्रतिशतभन्दा कम रहेको थियो भने महामारीको केन्द्रविन्दु बनेको हुबेईमा यो दर ६ प्रतिशत थियो । हरेक प्रान्तको आर्थिक अवस्था र स्वास्थ्य सेवाको आधारमा यो दर फरक फरक पाइएको थियो ।
‘बेइजिङ र सांघाईजस्ता समृद्ध र स्रोतसाधनले सम्पन्न मेगा सहरहरु, जहाँ स्वास्थ्य सेवा पर्याप्त छ, सेवाको माग ह्वात्तै बढे उनीहरुले पनि संघर्ष गर्नुपर्नेछ,’ हङकङ विश्वविद्यालयका प्राध्यापक ग्याब्रियल एम लेउङ भन्छन् ।
मध्य जनवरीदेखि फेब्रुअरी २९ सम्म चार सहर बेइजिङ, सांघाई, सेनजेन र वेनझाउ र हुबेईबाहिर सबैभन्दा बढी संक्रमित रहेका १० प्रान्तहरुमा स्वास्थ्य आयोगले जारी गरेको कोभिड १९ संक्रमितहरुको तथ्यांकको आधारमा उक्त रिपोर्ट तयार गरिएको हो । अध्ययनले नियन्त्रणका उपायहरु बिस्तारै मात्र हटाउनुपर्ने निष्कर्ष निकालेको छ ।
संक्रमितको संख्यालाई पुनः बढ्न दिने हो भने यसले स्वास्थ्य र अर्थतन्त्रमा झन् ठूलो क्षति पुर्याउने र संक्रमितको संख्यालाई कम गर्न झन् कडा उपायहरु अपाउनुपर्ने हुनसक्ने अध्ययनमा भनिएको छ ।
केही समयका लागि सामाजिक दुरी, व्यवहारमा परिवर्तन, जनचेतना लगायतका उपायहरु जारी राखिए पनि खोप उपलब्ध नभएसम्म आर्थिक गतिविधि खुला गर्ने र नयाँ संक्रमण बढ्न नदिन आवश्यक नियन्त्रणलाई कायम राख्ने बीचको सन्तुलन मिलाउनु नै उत्तम रणनीति हुने अध्ययनको निष्कर्ष रहेको छ ।
स्रोत : द गार्जियन
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: