Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

खबरडबली संवाददाता

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले काठमाडौंको तीनकुनेमा वैशाख २१ गते भव्य रूपमा स्टोर उद्घाटन गर्ने तयारी गरेको छ।

हालसम्म देशभर अनलाइन सेवा दिँदै आएको मोबाइलमाण्डुले ग्राहकलाई प्रत्यक्ष अनुभव दिने उद्देश्यले भौतिक स्टोर सुरु गर्न लागेको जनाएको छ। कम्पनीका अनुसार यो कदम ‘टेक अनुभवलाई नजिक ल्याउने’ रणनीति अन्तर्गत अघि बढाइएको हो।

उद्घाटन कार्यक्रमलाई विशेष बनाउन कम्पनीले आकर्षक अफरहरूको घोषणा गरेको छ। जसअनुसार गेमिङ एक्सेसरिजमा ४० प्रतिशतसम्म छुट, बालबालिका सम्बन्धी उत्पादनमा ५० प्रतिशतसम्म छुट, तथा स्मार्टफोन खरिदमा निःशुल्क उपहार उपलब्ध हुनेछ। साथै, पुराना फोन साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि रहनेछ।

ग्राहक सहभागिता बढाउन ‘स्पिन द ह्वील’ अफरसमेत राखिएको छ, जसअन्तर्गत २,५०० रुपैयाँभन्दा माथिको खरिदमा विभिन्न उपहार जित्ने अवसर पाइनेछ। स्टोरमा फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मका पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ।

उद्घाटनकै दिन इयरबड्स तथा इयरक्लिप्स मात्र ५०० रुपैयाँमा उपलब्ध गराइने विशेष अफर पनि राखिएको छ।

कम्पनीले उद्घाटनसँग सम्बन्धित सबै अफरहरू वैशाख २१ देखि २७ गतेसम्म लागू हुने जनाएको छ। आगामी दिनमा अफलाइन विस्तारलाई अझ सशक्त बनाउने योजना रहेको मोबाइलमाण्डुको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हावाहुरीले ढलेका रुख, लडेको विद्युत् आपूर्ति

देशका विभिन्न क्षेत्रमा ट्रिपिङ, प्राधिकरण मर्मतमा सक्रिय

मधेश सरकारमा सत्ता समीकरणको नयाँ संकट

शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...

पाँच वर्षदेखि निर्माणमै अल्झिएको अस्पताल भवन नबन्दा बिरामीले भोग्दै भीड, सास्ती र अपूरो उपचार

गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...

ट्रकभित्रको चिच्याहटः बजारसम्म आइपुग्ने मासुको पछाडि लुकेको अमानवीय यात्रा

काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...

बर्खा नलाग्दै विपत्तिको संकेत

पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश

भारतमा इन्धनको भाउमा आगो : १० दिनमै चौथो पटक मूल्यवृद्धि, दिल्लीमा पेट्रोल १०२ रुपैयाँ नाघ्यो

काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक : गोलभेँडा ८० रुपैयाँसम्म, सिताके च्याउ १ हजार !

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...

खेतमा भैँसी गएको निहुँमा ६० वर्षीया दलित महिलामाथि निर्घात कुटपिट

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending