Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

खबरडबली संवाददाता

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकास प्रणालीमा ठूला परिवर्तन ल्याउने भन्दै यस्तो नीति लागू गरिएको बताएका छन्।

आइतबार धनगढीमा प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको प्रदेश सरकार र स्थानीय तहबीचको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले अब उपभोक्ता समितिमार्फत कुनै पनि योजना कार्यान्वयन नगर्ने स्पष्ट संकेत दिएका छन्।

उनका अनुसार प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै “शून्य सहनशीलता” को नीति लिएर अघि बढिरहेको छ।

मुख्यमन्त्री शाहले योजना छनोट प्रणालीमा पनि कडाइ गर्दै अब सबै योजना बैंकमार्फत छनोट गर्नुपर्ने र स्थानीय तहले योजना बनाउँदा प्रदेशसभा सदस्यसँग अनिवार्य समन्वय गर्नुपर्ने बताएका छन्।

सरकारको नयाँ नीतिअनुसार साना-साना टुक्रे योजनामा बजेट छरिन नदिने र ठूला तथा प्रभावकारी विकास योजनामा मात्रै लगानी केन्द्रित गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले भने लागत सीमा र नीतिगत कडाइ कार्यान्वयन चुनौतीपूर्ण हुन सक्ने भन्दै समन्वय र स्रोत बाँडफाँटमा लचकता आवश्यक रहेको सुझाव दिएका थिए।

उनीहरूले कृषि, पर्यटन, पूर्वाधार र मानव विकासलाई प्राथमिकतामा राख्दै उत्पादनमुखी योजना अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

प्रदेश सरकारले ल्याएको यो नीतिले विकास खर्चको ढाँचा नै बदल्ने संकेत गरेको छ भने स्थानीय तहमा यसको प्रभावबारे बहस सुरु भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमिषाको आरोपपछि साइबर ब्युरोको ‘माफी काण्ड’, आमालाई बोलाएर लिखित कागज

काठमाडाैं । जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले नेपाल प्रहरीको साइबर ब्युरोभित्र आफूले अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएपछि नयाँ विवाद सुरु भएको छ...

अध्यादेशले हटाइएकै डिन फेरि जिम्मेवारीमा, केयूमा निर्णय कि प्रयोगशाला ?

काठमाडौं  । काठमाडौं विश्वविद्यालय (केयू) मा अहिले पढाइभन्दा बढी प्रशासनिक ‘रिहर्सल’ चलिरहेको दृश्य देखिएको छ । अध्यादेशबाट पदमुक्त गरिएका डिनहरूलाई फ...

सुधन गुरुङ पुगेको रिसोर्टमा प्रहरी छापा, सीसीटीभी र मोबाइल नियन्त्रणमा

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्ट अहिले राजनीतिक र प्रहरी वृत्तमा चर्चाको केन्द्र बनेको छ । पूर्वगृहमन्त्री सुधन गुरुङ युवतीसहित ...

कहाँ हरायो सुधनको नगद र ६ किलो गहना ?

काठमाडाैं । निर्वाचन आयोगमा ६ माघ २०८२ मा सम्पत्ति विवरण बुझाउँदा गृहमन्त्री सुधन गुरुङले ढुक्कसँग हस्ताक्षर गरेका थिए ।“माथि उल्लेखित विवरण ठीक छ, फर...

प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उ...

परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र र उत्तर सामाजिक सञ्जालमा लिक गर्ने थप २ जना पक्राउ

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप दुईजना पक्राउ परे...

धादिङमा भएका दुई दुर्घटनामा २ को मृत्यु

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको  टिपर...

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending